21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

अतिथि कलाकार सम्झना लामिछाने मगर लाई कुवेत एरपोर्टमा भब्य स्वागत।

कुबेत नेपालडटकम/ जनवरी २२ कुवेत। सेवा नै धर्म हो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेत द्वारा २४ जनवारी २०२० शुक्रबार हुने पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमकाे लागि अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर आज बिहान ८:३० बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत आईपुगेकी छिन। अतिथि कलाकार लाई आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,पत्रकार, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए।

२४ जनवारी २०२० शुक्रबार दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरिने सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमकाे लागि आयोजकले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक हार्दिक अनुरोध गरेको छन्।फोटो www.hamalisanchar.com

कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
समया :बिहान ११ बजेदेखी
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles