21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

अब राजधानीका सडक रातभर झलमल्ल

१७ चैत, काठमाडौं – रातको समयमा लोडसेडिङले अँध्यारो हुने काठमाडौं अबदेखि झलमल्ल हुने भएको छ । काठमडाौं महानगरपालिकाले सडकमा सोलार बत्ती जडान गर्न थालेकाले सहर झलमल्ल हुने भएको हो । चीनको ल्हासा नगरपालिकाले निःशुल्क सोला बत्ती प्रदान गरेपछि महानगरपालिकाले सडकमा धमाधम सोला बत्ती राख्न थालेको छ ।
ल्हासा नगरपालिकाले सूर्यबाट चल्ने सोलार बत्ती उपलब्ध गराएको छ,’ महानगरपालिकाका कार्यकारी प्रमुख लक्ष्मण अर्यालले भने, ‘तिनै सोलार बत्ती हामीले सडकमा राख्न थालेका हौं ।’ अर्यालका अनुसार हाल ९८ ओटा सोलार बत्ती जडान भइसकेका छन् । ती बत्तीहरु दरबारमार्ग, सिंहदरबार गेट, भद्रकाली, घन्टाघर र बसन्तपुरमा राखिएका छन् । जहाँ सोलार प्यानल, व्याट्री र बत्ती जोडिएको हुन्छ ।
ल्हासाले आवश्यक मात्रामा सोलार बत्ती सहयोग गर्ने अर्यालले बताए । महानगरपालिकाले सोलार बत्ती सहयोग पाइने भएपछि ‘उज्यालो काठमाडौं’ कार्यक्रममार्फत सोलार बत्ती जोड्न थालेको राजधानी दैनिकमा खबर छ । ‘यो वर्षभित्र करिब ५ सय सोलार बत्ती जडान गर्ने लक्ष्य राखेका छौं,’ अर्यालले भने, ‘हामीले बाहेक नेपाल विद्युत् प्राधिकरणसमेतले सोलार बत्ती राख्ने तयारी गरिरहेको छ ।’
विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा सोलार बत्ती राख्न लागेको हो । महानगरपालिका भौतिक पूर्वाधार विकास विभागका सञ्जय उपाध्यायले ल्हासाले सहयोग गरेको एक सयओटा सोलार बत्ती दुई दिनअघि मात्र आइपुगेको जानकारी दिए ।
– See more at: http://www.onlinekhabar.com/2014/03/182729/#sthash.PomYIlZs.dpuf

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles