अमेरिकाको राष्ट्रपतिको चुनाव संगै अमेरिकी जनताले गाजालाई पनि बैधानिक मान्यता दिलाई छाडे । नेपालका भूतपूर्व गजडी तथा वर्तमान गजडी यो निर्णयबाट प्रफुल्लित छन् । हजारौ हजार नेपालीहरु अमेरिका प्रवेश गरेका छन् । सम्भवत लाखौ नेपालीहरु मध्ये हजारौमा नभए पनि सयौमा भए पनि मस्त जवानीमा यो वनस्पति झार अर्थात् गाजा साथीभाईको लहलहैमा एक सर्को भए पनि हामी मध्ये कैयौले अम्ल तानेको हुन् सक्दछ । अड्कल गलत पनि हुन् सक्दछ । यो प्राप्त गर्न नेपाल जस्तो मुलकुमा आईतबार कुरी रहनु पर्दैन फितलो कानुन ,राजनैतिक आशिर्बाद, नाताबाद र कृपाबाद द्वारा दुर्व्यसनी कानुनि कठघरामा परे पनि सरल तरिकाले उम्कने हुन्छन । लत लागेका पूर्व र तलतल लाग्ने गजडी दंग छन् किनभने यस्को एक चिलिमले स्वर्गीय आनन्दको अनुभूति हुन्छ । कानुन कडा भएको मुलक छोडी गजडी भूतपूर्व गजडी अमेरिका आउने सोच पनि बनाई रहेका पनि हुन् सक्दछन। गाजा सम्बन्धमा अर्ध जानकारी भएका असख्य मानिसहरु गाजा खान अमेरिका जान पाए हुन्थ्यो भन्ने दिवा सपना देख्न थालेका पनि हुन् सक्दछन ।
एक मित्र संग नेपाल कुरा हुदा गाजा सम्बन्धि बिशेष कुराकानी भयो र गाजा बैधानिक भएकोले पाताल नै आउनु पर्छ जस्तो कुरा कानले सुन्नु पर्यो l गाजा दूई वटा छन् एक गाजा लट्ठ हुने र मष्तिस्कलाई बोधो बनाउने हो भने अर्को गाजा ईजरायलको दक्षिण पश्चिममा छ l अरबी नाममा गाजा राखिएको छ र गज्ज़ा पट्टि पनि भनिन्छ l यो पंक्तिकारलाई पनि बाल्यकालमा यो भूभागमा नशा लाग्ने स्याउलाको खेति भएकोले गाजा नामकरण गरिएको हो जस्तो लागेको थियो l अल्प ज्ञान र बाल्य अवस्थाको कारण यस्तो मस्तिस्कमा उब्जिएको हुन् सक्दछ l गाजा नाम सुन्न साथ गैर कानुनी जस्तो लाग्दछ ,समुदायमा यसको नकारात्मक छाप परेको छ किनभने सर्वसुलभ रुपमा नेपालमा उपलब्ध हुने हुनाले र नेपालका ऊतर तथा दक्षिण सिमा क्षेत्र जोडिएका तराई क्षेत्रका भित्रि मधेसमा तथा पहाडमा यसको गैर कानुनी रुपमा फसलको रुपमा नै बालि लगाई प्रहरी द्वारा बालि नै नष्ट पारिएको पटक पटक संचार माध्यममा देखिएको छ l यसका पारखीहरु ज्यादै भावनात्मक तथा सम्बेदनशील पनि देखिन्छन l यसले चरम आनन्दको उत्कर्षमा सेवन गर्ने लाई पुर्याउछ र दुर्व्यसनीले केवल स्वर्गको कल्पना गर्दछ किनभने यो वस्तुले सोझै मस्तिस्कलाई प्रभाव पर्दछ l
चिकित्सकको निगरानी बाहेक स्वयम् आफै गाजा सेवन गर्नेलाई गजडी भनिन्छ र भूतपूर्व गजडीहरुलाई यो शब्द संग घृणा गर्न पनि सक्दछन र नराम्रो लाग्न सक्दछ l उनीहरुको मनमा नेपाल भए चिलिम फर्काई दिन्थे जस्तो पनि लाग्छ होला l रिसले चुर हुदै किलकिले समात्न पाए किलकिले नली नै चुडाउन पाए हुन्थ्यो जस्तो आक्रोश आउन् पनि सक्दछ l अमेरिका प्रवेश गरि सकेका नेपालकापुर्व गजडीहरु मेरो समपर्कमा पनि छन् र केहि चिने जानेका पनि छन् l हाल उनिहरु राम एक असल केटा हो भनि हाम्रो पालामा गुरुले अक्षर राम्रो बनाउनको लागि गृह कार्य दिनु हुन्थ्यो त्यस्तै भै सकेका छन् किनभने छोरो मान्छेले हरेक कुराको अनुभव गर्नु पर्छ भनि प्रख्यात व्यक्तिहरुले पनि अभिव्यक्ति गरेको समाचार र अन्तर्वार्ता सुन्न भ्याएका छौ l तर त्यो भुत कालमा यत्र तत्र सर्वत्र पाईने हुनाले ति सबै भूतपूर्व गजडी बन्न पुगे र त्यो ईतिहास भयो l
वास्तबमा अमेरिका जस्तो कानुन कडा भएको देशमा कसरि गाजा जस्तो नसालु चिज लाई बैधानिक दियो वा जनताले मत दिई पारित गराए l अमेरिकामा अमेरिकाका नागरिक कतै गजडी त होईनन भन्ने कुरा अमेरिका बाहिर बस्ने अधिकांशलाई लाग्न सक्दछ तर वास्तविकता हामी सबैले जान्नु जरुरि हुन्छ l अमेरिकामा, १८ ओटा राज्यमा कानुनीरुपमा चिकित्सा गाजाको बैधानिकता छ र १९९६ मा सर्वप्रथम क्यालिफोर्नियाले पारित गर्दै हाल सम्म १८ औ राज्यले कानुनी मान्यता प्राप्त गरि सकेका छन् l राज्यले प्राप्त गर्यो भन्दै नेपालको जस्तो तरकारी र करेसो बारीमा उब्जाऊ गरि माघे संक्रान्ति जस्तै पशुपतिमा साधुले चिलिम भरि धुवा निकालेको जस्तो सेवन गर्ने छूट कदापी हैन l अल्सका ,एरिजोना ,कोलोराडो ,न्यु जर्जि ,वाशिंगटन ,डिसी ,ओरेगन ,मिचिगन आदि ईत्यादी जम्मा गरि १८ वटा राज्यमा कानुनले तोके अनुसार बिरामी भएका व्यक्तिहरुलाई अनुमति दिईन्छ l
गमलामा उमारी आफु पनि एक दुई सर्को तान्न पाइन्छ भन्ने चै सपनामा नचिताए हुन्छ तर दुरूपयोग भै रहेको आंकडाले देखाएको छ l १८ राज्य मध्ये १६ वटा राज्यमा बिरामी भएको र चिकित्सकले सिफारिस गरेको प्रमाण हुनु पर्दछ l १८मध्ये १४ राज्यमा मात्र घरको गमलामा गाजाको बीउ उमार्न पाईन्छ त्यो पनि विशेष निगरानी र सतर्कता साथ l कनेक्टिकट,डिसी ,न्युज़र्जी आदि राज्यमा घरेलु उत्पादनमा निषेधित छ घरमा राख्न पाईदैन भने न्यु मेक्सिको राज्यमा बिसेष अनुमति पत्र जरुरि हुन्छ l एरिजोना राज्यमा औषधि पसल २५ माईल(झन्डै १३ कोस )भन्दा टाडा छ भने त्यस्तो अवस्थामा मात्र आफ्नो पत्र बनाए पश्च्यात मात्र रोप्न अनुमति दिने कानुन छ l घरमा उमार्न पाईने भए ठुलो राष्ट्र छ यसले संसार नै थेग्दथ्यो तर त्यो हैन ,एक जना मित्रले भरखरै यो पंक्तिकारलाई प्रश्न तेर्साए कि अरु चिज खान पाइन् सरल थियो l तर अब हामीले मत दिई पारित गरेका छौ कसो चाख्न न पाईएला हौ भनि मजाक मजाक मै भने l यथार्थता बारे बिबेकले भ्याए सम्म अर्थ लगाई दिए पश्च्यात छर्लंग भयो l गाजा सेवन गर्न चिकित्षकको सिफारिस र यी दिर्घ रोगि क्रमस: अबुर्द रोग(क्यान्सर ) , एच आई भी /एड्स (यौन रोग ),कलेजोको भयङ्कर रोग ,हेपटाईटिस ,अलजिमर्स(संस्मरण कमजोर ),अत्यधिक पिडामा छट्पटिएको ,भयानक दुखाई ,छारे रोग तथा मांसपेसीको बिकराल समस्याबाट पिडित रोगीहरुले मात्र औषधिको विकल्पको रुपमा सेवन गर्ने अवसर पाउदछन l बर्षौ बर्षको अनुसन्धान र व्यापक विचार विमर्श पश्च्यात मात्र गाजाको अनुमति खुला गरिएको छ l
सितैमा अलकत्रा खाने जस्तो हैन ? ओखती स्वरूप यसको मात्रा तोकिन्छ र सो वापत शुल्क तिरे पछि मात्र सेवन गर्ने मार्ग खुल्दछ l शुल्क बिभिन्न राज्यमा फरक फरक छ l गाजाको प्रतिकूल असर धेरै भएता पनि अत्यन्तै भोक लगाउछ र गजडीहरु पीरामा भात खान बसे पछि भान्से बाजेले अर्को बिकल्प स्वरूप व्यवस्था गरेनन भने कसुड़ीको जम्मै भात हन्तकाले झैँ स्वाहा पारि दिन्छन र यसमा साबधानी अपनाउनु पर्छ l चिकित्सकको परामर्श बिना चुरोटमा मिसाई गाजा खाने गजडीहरुलाई संगीत प्रति लगाब हुन्छ l हरे राम हरे कृष्ण हिन्दि चलचित्र जस्तो लामा लामा जगल्टेहरुले सर्को तानेको देखाएको जस्तै बेसुरको स्वर जस्तो भए पनि गीत गाउन थाल्दछन l यो गाजाको असर हो l गाजाको संसार भरि हजारौ नाम राखिएको छ l
गाजा नै किन सेवन गर्नु पर्यो त त्यसो भए ? किनभने गाजामा क्रियाशील रसायन डेल्टा -९ – टेट्रा हाइड्रोक्यानाबिनोल अर्थात् छोटकरीमा टिएच सी भनिन्छ l delta-9-tetrahydrocannabinol, (THC ) हुन्छ l जब गाजा सेवन गर्दछौ , टि एच सी delta-9-tetrahydrocannabinol, (THC )शिघ्र कलेजोबाट निस्कदै रक्तनलीमा प्रवेश गर्दछ जसले मस्तिस्कमा र सम्पूर्ण शरीरमा रसायन फैलाउदछ l टि एच सी मष्तिस्कको बिशिस्ट भाग जस्लाई क्यानाबिनोईड अभिग्राहक (रिसेप्टर )भनिन्छ जसले तुरुन्त प्रतिकूल असर देखाउन थाल्दछ l सामान्य भाषामा भन्नु पर्दा गाजाले मस्तिस्कमा असर पर्दछ अनि स्वत स्फुर्त रुपमा असामन्य क्रियाकलाब देखाउदछ l नत्र सिमित मात्रामा सेवन गर्नाले मनोबैज्ञानिक रुपमा बिरामी निको भएको कैयौ उदाहरण छन् ,हुन् त जे पनि ठिक मात्रमा खाए राम्रो ,ज्यादा खाए नराम्रो हुने हुन्छ l
गाजा ओखतीको रुपमा पांच वटा युरोपका देश र अमेरिकाले पनि कानुनी मान्यता पाएको छ l ओखतीको रुपमा दिर्घ रोगि र रोगबाट ग्रसित बिरामीले यसबाट भरपुर फाईदा उठाएका छन l सरकार र सरोकार वालाहरु दुरुपयोग नहोस् भनि कडा निगरानी राख्दछन l कडा कानुन बनाएका छन् l गाज़ालाई बिश्व भरि सकरात्मक भन्दा नकारात्मक रुपमा खाने बस्तुको रुपमा लिइन्छ l थोरै खाए अमृत ,धेरै खाए बिष l हाम्रा सन्तान तथा दर सन्तानले यो चिज कहिले सेवन गर्नु नपरोस l




yo article lekhane manchhe pani gajadiya nai ho josto lagchha jaba gaja piyera lattha bayeko bela lekhe ko arctile ra yo padhna lai pani tyati kai sajilo chhaina, gaja khayerai latha bhayeko bela ma matrai bujin chha ..thank uuuu