24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

अमेरिकामा फिल्म पढ्दै निशा

काठमाडौं, पुस २६- नेपाली फिल्ममा नयाँ अभिनेत्रीको प्रवेश भइरहेको छ। यद्यपि पलायन हुने अभिनेत्रीको संख्या पनि उत्तिकै छ। फिल्म ‘फस्ट लभ’बाट सफलता कमाएकी अभिनेत्री निशा अधिकारी पनि यतिखेर अमेरिकास्थित क्यालिफोर्नियामा छिन्। फिल्म निर्देशन सम्बन्धी ६ महिने कोर्स गरिरहेकी निशाले त्यसपछि एक महिना प्राक्टिकल कक्षा समेत लिनेछिन्। ६ महिनाको क्रममा उनले फिल्म मेकिङ, छायांकन,अभिनय, क्यामरा सेलेक्सन र पोस्ट प्रोडक्सनका विषय अध्ययन गर्नेछिन्।

नेपाली फिल्ममा अभिनय गर्ने निशा आजकल अमेरिकामा प्रयोगतात्मक फिल्महरूमा क्याल्प र एक्सन भन्दैछिन्। ‘आजकल विद्यार्थी जीवनमा फर्केकी छु। कलेज जीवन साँच्चिकै रमाइलो हुँदैछ,’ उनले नागरिकसँग अनलाइनमा भनिन्।

लस एन्जलसस्थित डब्लुएलसी, न्युयोर्क फिल्म एकेडेमीमा निशा अध्ययरत छिन्। सानैदेखि फिल्मप्रति रूचि भएकाले उनले फिल्म निर्देशनलाई रोजेको बताइन्।

मंसिरको दोस्रो साता उनी अमेरिका उडेकी हुन्। ‘नेपाली फिल्ममा नयाँ सोचको ज्यादै कमी देखियो। मेरो यो विषय छनोटले फिल्मको निर्माणमा सहयोग पुर्‍याउँछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन्। नेपाली फिल्मको प्राविधिक क्षेत्रमा महिलाको संख्या कम भएकोले उनी यस क्षेत्रमा टेवा दिने सोचमा छिन्। ‘म नेपाली फिल्म निर्माण गर्छु,’ उनले भनिन्।

Posted By : Narayan Nepal                                                   Source : Nagariknews

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles