कुबेत नेपालडटकम
डिसेम्बर १। किरातीहरुको महान चाड उधौली ‘साकेला’ यहि आउदो डिसेम्बर १३ तारिख शुक्रबार युएईमा बस्दै आएका किरातीहरुले उधौली साकेला मनाउने भएको छ।किरात राई यायोक्खा शाखा युएई ,सुनुवार सेवा समाज युएई , किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी तथा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनको संयुक्तरूपमा उधौली साकेला कार्यक्रम मनाउन लागेको हो।
किरातीहरुले मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा उभौली साकेला मनाउने गर्दछन् । नेपालमा मंसिर पुर्णिमाको दिन मनाउने गरिए पनि युएईमा रहेका किरातीहरुले भने समय मिलाएर मनाउने गरेका छन् । यसैगरी युएईमा छरिएर रहेका किरातीहरुले आफ्नो पेशागत समयलाई समेटेर यहीँ आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रवार युएईको राजधानी अबुधाबी स्थित साकेला पार्क मुसफामा शुभकामना आदानप्रदान तथा साकेला सिलि कार्यक्रम भव्यरुपमा मनाउने भएका छन।
किरातीहरु इतिहास कालखण्ड बाटै प्रकृतिपुजक हुन् । किराती आदिम पुर्खा सुम्निमा, पारुहाङ हुन् । पारुहाङ किरातेश्वर राजाका छोरा तथा तायादिन काल उनीहरुले नै खेतीपाती लगाउन सुरु गरेका थिए भन्ने भनाइ छ । हरेक बर्षमा दुइ पटक उधौली र उभौली साकेला भुमेपुजा गर्ने गरिन्छ ।
चोखो ठाउँको रुखको मुनि वरिपरि पर्खाल लगाएर बनाएको भुमे स्थलमा साकेला मनाउने गर्दछन् । साकेला गर्दा किराती मुन्दुमी कुल कुबि ( नक्छो) र जेष्ठ नागिरे र कोङकोधे पुर्खा र चार ढोले (सिल्लिपा) चार मसुने (सिल्लिमा) हुनुपर्ने हुन्छ । कुल मुन्दुमी नक्छोले आफ्नो घरको कुललाई देवी–देवतालाई मुन्दुम बखानलाई घरको तीन चुलालाई बल माग्ने गरिन्छ । साकेला गर्दा चाहिने सामग्रीमा चोखो अदुवा, चामल, धुप, सुगुर, कुखुराको भाले, एक आन्डा, चिन्डोमा चोखो रक्सी चाहिन्छ । मुन्दुमी नक्छोले लगाउने बस्त्र दाउरा सुलवाल जस्तै अनि नागका नक्सा सुनखरी र रातो काँचो धागिले बुनेर बनाएइको हुन्छ । खाडीको कपडा, दुम्सीको काँडा र सुनाखरी बाट बनेको सिलातकोमा, पगरी, मयुरको प्वाँख, रुद्राक्ष माला, सर्पको हाडको माला, घन्टी, फुर्के, बिसुर्लिम, सेउली, धनुकाँण, ढोल, झ्याम्टा, फलामबाट बनेको तिर्शुल, तरवार, खुर्पा आदी सामग्री चाहिन्छ ।
उधौली साकेला मनाउनुको अर्थ बालीनाली पाकेको अवसरमा खुशियालि मनाउने पर्व हो । जसलाई बालिनाली उठाउने क्रममा हावाहुरी, असिना, झरी , बतास, चराचुरुङ्गी मुसा नलागोस भन्ने खुशियालीमा एउटा कामना आफ्नो पितृ संग गर्दै भुमि माता भन्नाले जमिन लाई ढोग्दै साङ्खेन्वा भुमि पुजा गर्ने गर्छ। बिशेष गरि एउटा माटो मुनि बाट एउटा ढुङ्गाको फेद अथवा रुखको फेद मुनि बाट साङ्खेन्वा एउटा यस्तो जग्गा हुन्छ त्यसलाई भुमि भनिन्छ । साङ्खेन्वा भन्दा त्यसको आण्डा हुन्छ सेतो ढुङ्गा जसलाई धामीले मुन्दुम मन्तर्दै मुन्दुम बाट त्यसलाई नाच्दै जांदै गर्दा खेरि ढोले मासुमेहरु भन्छन, उनिहरु सबै ग्रुपमा गएर नाच्दै नाच्दै गइ सके पछि अन्तिममा त्यहाँ पुजा गर्छ र पुजा गर्दै गर्दा खेरि त्यो ढुङ्गा लाई हेर्ने गर्छ ,जमिन मुनि कति गयो र जमिन माथी कति गएको छ वा बिच लेबलमा छ कि छैन भनि हेर्ने गर्दछ, त्यो हेर्ने क्रममै बिशेष गरि प्रकृति लाई संरक्षण गर्न सधै वातावरण राम्रो दिइयोस्,बालिनाली चराचुरुङ्गी,मुसा,ढुङ्गा विभिन्न किसिमका हावाहुरी असिना बतास नलागोस,राम्रो होस् भनेर त्यसको फाइदाको लागी मनाइने एउटा उधौली साकेला भनिन्छ। साकेला भित्र पनि सिलि नाच्ने गर्छ, कुन सिलि नाच्ने हो, कहाँ बाट त्यो सिलि शुरु गर्ने हो भन्ने बिषयहरु हुन्छ। त्यहाँ विभिन्न सिलिहरु हुन्छ,त्यहाँ मासुमे सिलि कुबि सिलि धेरै किसिमको सिल्लीहरु हुन्छन्, त्यसलाई हेरि बिशेष गरि चराको नक्कल कहिले मुसाको नक्कल गरि नाच्ने गर्छ । धान उठाउने धान काटने विभिन्न किसिमका यो उधौलीको बेला नाच्ने एउटा साकेला सिलि एउटा नृत्य जस्तो देखिन्छ ,त्यसैलाई सिलि भन्ने गर्छ।र सिलि नाच्ने गर्छ। बिशेष गरि किरातीहरुले मनाउने यिनै हुन भने यहाँ भित्र पनि कस्ता कस्ता किसिमका भुमि भुमिहरु छ्न वा भुमी देउताहरु अथवा धामीहरु ( नक्छो) भन्ने कुरा छ। नक्छो भन्नु , कुबि भन्नु साथै नखिपोट भन्नू साथै त्यहाँ भित्र धामीहरुको फरक फरक बिधाहरु हुन्छ ।मुन्दुमको हिसाब बुझ्दा मुन्दुम बाट खेल्ने नखिपोट ,धामी वा साकेला कुबि भन्ने साथ उनिहरुले आफ्नो मुन्दुम बाट पितृ पुजा गर्ने अथवा भिले मान्ने गर्ने हुन्छ,त्यहाँ भित्र पनि कति पय घामीहरुले चाहिँ सोह्र वटा ढोलेको धुन सोह्र वटा झ्याम्टा सोह्र वटा ढुसी सोह्र वटा धिमास्मी हुन्छ भने छोरी मानिसहरुको सोह्र वटा ढोले र उसको एउटा लय यस्तो किसिमको एउटा ग्रुप हुन्छ ,यस्तो किसिमको कुबि हुन्छ। शुरूवात गर्दा हरेक राईहरु दाजुभाइको घर बाट पान्छेक दाजुभाइ हुन्छ,त्यही पान्छेक दाजुभाइ नाच्दै नाच्दै शुरुमा धामीको घरमा नाच्छ त्यसपछि पान्चेक दाजुभाइको घरमा नाच्दै नाच्दै गइ सके पछि फेरि अन्तिममा धामीको घरमा फर्किने चलान छ।त्यस्तो प्रचालनको चाड लाई साकेला सिलि उधौली भनिन्छ।
यसैगरी युएईमा छरिएर रहेका किरातीहरुले भने आफू बसेको ठाउँको सबै किराती समेट्दै पायक पर्ने पार्कमा जम्मा भएर प्रत्येक बर्ष उधौली र उभौली साकेला मनाउदै आइरहेको छन् ।
उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी किराँत राई यायोक्खा शाखा युएईले सम्पूर्ण युएईबासी किराँती तथा गैर किराँती नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई कार्यक्रममा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरिएको किराँत राई यायोक्खा शाखा युएईका उपाध्यक्ष बिजया लक्ष्मी राईले बताएको छ।