आयातीत ग्यासभन्दा बिजुलीबाट खाना पकाउन सस्तो

Date:

Share post:

प्रा.डा. जगन्नाथ श्रेष्ठ

नेपालमा लोडसेडिङ हटिसके पनि अधिकांश नेपालीहरू विद्युतको अधिकतम उपभोगमा अभ्यस्त छैनन् । बिजुली फारु गरेर चलाउने पहिलेदेखिको बानी अझै छुटेको छैन । तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । १८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खाना पकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि प्राविधिक कारणले छिटपुट बत्ती जाने क्रम चलिरहेकै छ । प्राधिकरणले यसलाई आगामी दिनमा सुधार गर्ने बाचा गरिरहेको छ ।

उपभोक्ताले ग्यासलाई प्राथमिक ऊर्जाको रूपमा प्रयोग गरेकाले ग्यास र विद्युत् कुन सस्तो भन्ने राम्रो तुलना नै हुन सकेको छैन । तर, ग्यासको तुलनामा विद्युत् ऊर्जा सस्तो हुने सहज आँकलन गर्न सकिन्छ । साथै, नेपालको व्यापार घाटा न्युनिकरणका लागि समेत यसले टेवा मिल्न सक्ने भएकाले ग्यासलाई बढिभन्दा बढि विद्युतले प्रतिस्थापन गर्नु देशहितमा हुन्छ ।

२०७६ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन हुनसक्छ ।

उक्त अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार, ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो । त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुन्छ । तर बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।

ग्राहकको रोजाइको विद्युतीय सामग्रीबाट खाना बनाउँदा ५ जनाको परिवारमा मट्टितेलमा भन्दा १ सय २६ रुपैयाँ कम खर्च लाग्छ । यस्तै एलपीजी ग्यासको तुलनामा विद्युत् प्रयोग गर्दा ३६४ रुपैयाँ उपभोक्तालाई कम भार पर्छ । ऊर्जा अध्ययन केन्द्रको अनुसन्धान अनुसार, ग्राहकको रोजाइको विद्युतीय खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विद्युतीय हट प्लेटलगायत पर्दछन् । तर ती सामग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै छन् ।

नेपालको कुनै पनि शहर तथा गाउँ–घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा लाग्ने खर्च जम्मा ९ सय ९० रुपैयाँ मात्रै हुन्छ । ग्यासभन्दा यो रकम ४ सय ८८ रुपैयाँले कम हो । मट्टितेलको तुलनामा इन्डक्सन २५० रुपैयाँले सस्तो पर्छ । नेपालमै उत्पादित बिजुलीले आयातीत ग्यासमा भन्दा मासिक ४८८ रुपैयाँ सस्तोमा खाना बनाउन सक्छन् भन्ने निष्कर्ष केन्द्रको छ ।

विद्युत् प्रयोगको अर्को महत्त्वपूर्ण फाइदा भनेको प्रदूषणको मात्रा अत्यन्तै न्यून हुनु र तथा ऊर्जा खेर जाने दर अत्यन्तै कम हुनु पनि हो । यसैगरी, ग्यासमा जति दुर्घटनाको जोखिम इन्डक्सन चुल्होमा हुँदैन ।

राज्यले अनुदान दिनु पर्छ

एक सिलिण्डर खाना पकाउने ग्यासको निगमले तोकेको मूल्य १३ सय ३० रुपैयाँ हो । यसमा ७० रुपैयाँ अतिरिक्त मूल्य खुद्रा ग्यास डिलरले बाटो खर्च भनेर थप्छ । एउटा उपभोक्ताले किनेको १४ सय प्रतिसिलिण्डरको ग्यासमा ७० रुपैयाँ स्थानीय डिलरलाई बसे पनि बाँकी १३ सय ८० मा सरकारले ९० रुपैयाँ थप गरेर १४ सय ४० रुपैयाँ रकम स्वतः भारत पुग्छ । यसै गरेर वर्षमा ३५ अर्ब रुपैयाँ भारत गइरहेको छ ।

राज्यले इन्डक्सन चुल्हो खरिद वा विद्युत् महसुलमा उपभोक्तालाई अनुदानको घोषणा गरिनुपर्छ, ताकि विद्युत् प्रयोग बढोस् । अर्कोतर्फ माग अनुसार, सधैंभरि बिजुलीको उपलब्धता रहने, गुणस्तरीय बिजुली प्राप्त हुने र सेवा भरपर्दो हुने सुनिश्चितता ग्राहकलाई प्राधिकरणले प्रदान गर्न जरुरी छ ।

(ऊर्जाविज्ञ डा. श्रेष्ठसँगको कुराकानीमा आधारित)(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...