आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम

Date:

Share post:

१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सो सम्बन्धी काम अगाडि बढिसकेको छ । आयोगले यसपटक सकेसम्म युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्न खोजेको छ । त्यसैगरी आयोगले निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको छ ।

आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छ । ‘हामीले कार्यतालिकाको मस्यौदा तयार पारिरहेका छौ,’ प्रवक्ता श्रेष्ठले भने ।

त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ । अहिले कति सामग्री छ, कति खरिद गर्नुपर्ने हो र कति सहयोग माग्ने भन्ने सम्बन्धमा पनि मूल्याङकन भइरहेको छ ।

त्यसैगरी निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।

यस अगाडि निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुन बनाउने प्रक्रिया अगाडि बढाए पनि अब त्यो अगाडी नबढ्ने भएको छ ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...