21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

इजरायलबाट राष्ट्रिय अविस्कार केन्द्र र गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी सहयोग

मार्च ३ कुबेत नेपालडटकम। राष्ट्रिय अविस्कार केन्द्र(डा महाबिर पुन ) र गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ ।एनआरएनए एनसीसी इजरायलको संयोजकत्वमा इजरायलमा क्रियासिल संघ सस्थाहरुको सहकार्यमा स्थापना भएको आपतकालीन अक्षयकोषमा जम्मा भएको रकम (६० हजार ८ सेकेल र १ सय डलर) रास्ट्रनिर्माणको निमित्त जुटिरहेका आविष्कार केन्द्रको डाइरेक्टर ड़ा महाबिर पुन मगर र अन्तर्राष्ट्रिय कृकेट रंगशाला निर्माणका डाइरेक्टर धुर्मुस सुन्तली फाउन्डेसनलाई इजरायल वासीहरुको नामवाट दुईभागमा बिभाजन गरि सहयोग स्वरूप ( रास्ट्रीय आविष्कार केन्द्र नेरु ९,७२,३४८/- र धुर्मुस सुन्तली फाउन्डेसन नेरु ९,९१,८४१/-) फेब्रवोरी १४ तारिख शुक्रबार सनराइज बैंक मार्फत श्री महावीर पुन मगर र श्री कुन्जना घिमिरे ज्युको खातामा सम्पुर्णको संघ संस्थाको सहमतिमा रकम पठाईएको छ।

आपतकालीन अक्षयकोष इजरायलमा रहेको नेपालीहरुको लागी स्थापित गरिएको थियो ।इजरायलमा रहेको नेपालीकामदारहरु दुख बिरामी हुँदा सहयोग गर्दै आएको थियो तर अहिले इजरायलमा दिन प्रतिदिन नेपालीहरु कमि हुँदै गएकोले राष्ट्र निर्माणमा टेवा पुगोस भन्ने उद्देश्य राखी रकम नेपाल पठाएको आपतकालीन अक्षयकोषका सचिव सानु गुरुङ्गले बताउनु भएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles