इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

Date:

Share post:

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।
ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिनाकुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकोले आफूहरुले पनि इरानको ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्वपूर्ण र एतिहासिक स्थानहरु पर्ने पनि उल्लेख गरेका छन् । ‘यदी इरानले हमला गरे हामी पनि निकै छिटो र घातक रुपमा आक्रमण गर्नेछौं,’ उनले लेखेका छन् ।
‘अमेरिका धम्की सुन्न चाहँदैन,’ उनले थप लेखेका छन् ।
इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् । नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् ।
अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएका छ । तर मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ ।
उनका अनुसार आईएसको गतिविधि रोक्न सुलेमानी र इरानको प्रमुख भूमिका रहेको छ । सुलेमानीले अग्रपंक्तिमा रहेर आईएसविरुद्ध लडेको पनि पत्रकार वाल्सको विश्लेषण रहेको छ ।उनका गतिविधिको प्रशंसा वा आलोचना जे गरे पनि पछिल्लो एक दशकमा सुलेमानी मध्यपूर्वका प्रभावकारी व्यक्तित्व रहेका वाल्सको बुझाइ छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...