24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

उदयपुर मिलिजुली समाज कुवेतद्वारा फेरी पनि अर्को क्यान्सर पीडित आर्थिक सहयोग

कुबेत २०२५ मे १० – सेवा नै धर्म उदयपुर मिलिजुली समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था उदयपुर मिलिजुली समाज कुवेत द्वारा क्यान्सर पिडित (सुस्मिता राई परियार) लाई आर्थिक सहयोग गरेका छन।

 

नेपाल घर उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. १३ का निबासी क्यान्सर पीडित सुस्मिता राई परियार हाल भरतपुर को बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पातलमा उपचार गराइ रहेकोछ। उनकाे आर्थिक अवस्था अत्यन्तै कमजोरी नाजुक रहेकोले सहयोग गरिदिन गाउँपालिका बाट शिफारिश गरिएकोले उनको स्वास्थ्य लाभको कामना गर्दै उदयपुर मिलिजुली समाज कुवेतले सहयोग जुटाएको हो।

 

हिजो मिती ९ मे २०२५ शुक्रबार दिन समाजको मोहन लुइँटेलको अध्यक्षतामा फर्वानिया पार्कमा बसेको मासिक बैठकमा समाजमा आबध्द दाजुभाइ दिदिबहिनीहरुको सहयोग बाफत सहयोग रकम नेपाली रु १८ हजार ५०० सहय रुपैया संकलन गरि पिडित लाइ पठाएको समाजका अध्यक्ष मोहन लुइँटेलले जानकारी दिएको छन। उदयपुर मिलीजुली समाज कुवेतले नेपाल तथा कुवेतमा समस्या परेका कयौं बिरामीहरु लाई आर्थिक सहयोग गर्दै आएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles