26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु

- Advertisement -

उपेन्द्र यादव
बारा – बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५/१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो।

कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत अधिकतर सडकहरूमा लामो सवारी जाम भएपछि श्रद्धालुहरू घण्टौं हिँडेर मेलासम्म पुग्न बाध्य भएका छन्। मानवत–मटिअर्वा, पिलुवा–कलैया, गञ्जभवानीपुर–गढीमाई सडकमा पनि मानिस तथा सवारीसाधनको अत्याधिक भिड देखिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। खनालका अनुसार भारतको विभिन्न राज्य र नेपालका विभिन्न जिल्लाहरूबाट श्रद्धालुहरू धेरै आइपुगेकाले सडक र मेलाक्षेत्रमा श्रद्धालुहरूको पत्याउनै नसकिने भिड भएको छ।

- Advertisement -

विगत वर्षहरूझैं यस वर्ष पनि जनकपुरको विवाह पञ्चमी महोत्सव हेरेर भारतीय गाडीहरू गढीमाई पुगेकाले मंगलबार १५ लाखभन्दा द्धालु भेला भएको र उनीहरूलाई व्यवस्थापन गर्न चुनौती बनेको उपरीक्षक खनालको भनाइ छ।

यसवर्ष गढीमाई मेला भर्न राजधानी काठमाडौंसहित महेन्द्रनगरदेखि झापासम्मका अधिकतर जिल्लाबाट श्रद्धालुहरू बारा आएका छन्।

बरियारपुरमा जारी गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार बिहानैदेखि राँगाको बलि दिने कार्य सम्पन्न गरिएको छ। सोमबार १२ बजे रातिदेखि गढीमाईका पुजारीहरूले थालेको तान्त्रिक विधिअनुसारको पूजा मंगलबार बिहान सात बजेसम्म सकेर पञ्चबलि दिएपछि श्रद्धालुका तर्फबाट ल्याइएका राँगा बलि दिन सुरु गरिएको मन्दिरका पुजारी शिव चौधरीले बताए। गढीमाईलाई पञ्चबलिका रूपमा मुसा, बोका, पाठी (बाख्रा) परेवा र हाँसको अण्डा गरी पाँच जीवलाई अर्पण गर्ने गरिन्छ।

गढीमाईसँग मागेको भाखल पूरा भएपछि नेपालका विभिन्न स्थान र भारत बिहार, उत्तर प्रदेश तथा बंगालका विभिन्न स्थानबाट श्रद्धालुहरू गढीमाईलाई बलि अर्पण गर्न राँगा लिएर आउने गर्छन्। नेपाल तथा भारतका विभिन्न स्थानबाट एक हप्ताअघिदेखि श्रद्धालुहरूले ल्याएका राँगाहरू रंगशालामा जम्मा गरेर राखिएको छ। हाल श्रद्धालुहरूले पाँच हजारको हाराहारीमा बलिका लागि राँगा लिएर आएको तथा ती सबै राँगाहरूको बलि दिइने बलि व्यवस्थान समितिका पदाधिकारीहरूले बताएका छन्।

अन्योेलबीच राँगा बलि
मंगलबार बिहानै दिनुपर्ने राँगा बलि अन्योलबीच सुरु भएको छ। यसभन्दा पहिलाका मेलामा राँगाको बलि दिने कार्यमा खटिनेहरूलाई दुई–तीन दिन पहिलादेखि नै मेला समितिले नियुक्त गर्ने गरे पनि यस वर्ष नियुक्त नगर्दा बलि दिने कार्य अन्योलमा परेको थियो।

- Advertisement -

तर समितिले नियुक्त नगरे पनि अन्योलका बीच ल्याइएका राँगा राखिएको स्थलमा खुकुरी लिएर पुगेका दुई सयजनाको सख्यामा रहेकोहरूले रंगशालाभित्र प्रवेश गरि राँगालाई बलि दिन सुरु गरेका हुन्।

गढीमाई पञ्चवर्षीय मेलामा दिने पशुबलिको विषयलाई लिएर नकारात्मक प्रचारबाजी भएको भन्दै बलि दिने कार्यमा अन्योल बढेको थियो। विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिले गढीमाई हुने पशुबलि प्रथाको सार्वजनिक रूपमा विरोध गर्दै आएका छन्।(नागरिक )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles