21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद

खगेन्द्र भण्डारी
काठमाडौं : सत्तारुढ दल नेकपासहित तीन दलले सरकारविरुद्ध संयुक्त प्रतिवादका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। सानेपामा सोमबार बसेको नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। तीन वटै दलले सरकारको कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन्।  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निर्णय भएको बताए। ‘संसद् विघटन गर्ने सरकारको कदम संविधानको मर्म र भावनाविपरीत भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको अलोकतान्त्रिक र असंसदीय कदमविरुद्ध साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने सहमति भएको छ।’

कांग्रेस नेता रमेश लेखकले तीन वटै दलको केन्द्रीय समिति बैठकपछि सर्वदलीय बैठक बसेर सरकारविरुद्ध संघर्षका कार्यक्रम ल्याउने समझदारी भएको जानकारी दिए।

तीन दलको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

त्यस्तै, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनालको उपस्थिति थियो।

यसैबीच, सरकारको कदमको विरोधमा जसपाले बुधबार देशभर विरोध गर्ने निर्णय गरेको छ। त्यसैगरी राजनीतिक विषयमा मौन रहँदै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। (अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles