24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

ओलीको सूची अस्वीकार गर्दै चारजनाले दिए उम्मेदवारी

bhim-rawal1_20211129063252चितवन : पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ण सहमतिमा नेतृत्व चयनका लागि तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै चारजनाले उम्मेदवारी दिएका छन्। एमालेको १० औं महाधिवेशनमा एमाले नेता भीम रावल, घनश्याम भूषाल, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष रावलले ओलीको सूचीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले दशौं महाधिवेशनको बन्दसत्रमा आइतबार मध्य राति ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेश गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै रावलले उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले निर्वाचनमा भाग लिनु सबै प्रतिनिधिको अधिकार भएको बताएका छन्।

यस्तै, ओलीले ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन्। सूचीमा आफू नअटाएको भन्दै उपाध्यक्ष पदमा घनश्याम भुसालले पनि ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनी पनि ओलीको सूचीमा समावेश छैनन् । ‌ओलीले सातजना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्‍ताव गरेका छन्।

नेकपा एमाले नेता टंक कार्कीले पनि ओलीको सूचिप्रति असन्तुष्टि जनाउँदै सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । दशौं महाधिवेशनको बन्दसत्रमा आइतबार राति केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए। सो नामावलीमा कार्कीको नाम उल्लेख थिएन। उनले असहमत जनाउँदै छुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले नेताहरुले यो महाधिवेशनलाई सहमतिको महाधिवेशन बताउँदै आएपनि पूर्ण सहमति जुट्न नसकेपछि छुट्टै उम्मेदवारी दर्ता गराएका छन्।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles