21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

ओली-नेपालबीच धुम्बाराहीमा छलफल सुरु

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको हो ।
यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।
सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो ।छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीसहितका नेताहरू सहभागी छन् भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी छन् ।

स्रोतका अनुसार नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका दोस्रो तहका नेतासहितको छलफल डाकिएको हो ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles