24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

ओली समूहको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु, पूर्व माओवादीका टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी

काठमाडौँ : नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन्। स्रोतका अनुसार पार्टीको केन्द्रिय समितिमा सदस्य थप गर्ने अध्यक्ष ओलीको तयारी रहेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यलाई कारबाही गरेर सो स्थानमा सदस्य थप गर्ने तयारी भएको हो। नयाँ सदस्य बालुवाटारमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एक नेताले जानकारी दिएका छन्।

यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि केन्द्रीय समिति बैठक बोलाएका छन्। उनले दिउँसो १ बजेका लागि बैठक बालाएका हुन्।

पार्टीका दुई अध्यक्षले एकअर्कालाई कारबाही गरेर पार्टी फुटको निर्णायक संघारमा पुगेका छन्। यसअघि सचिवालय बैठकबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने सिफारिस केन्द्रीय समिति बैठकमा लैजाने निर्णय दाहाल र नेपाल पक्षले गरिसकेका छन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेसँगै नेकपाका नेता विभाजनको निर्णायक मोडमा पुगेका हुन्।

पूर्व माओवादीका तीन नेता ओली खेमामा
पूर्व माओवादीका नेता ओली समूहको केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन्। बालुवाटारमा भइरेको बैठकमा टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन्।

यसअघि लेखराज भट्ट ओली पक्षमा खुलेर लागेका थिए।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles