24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

ओली सरकारले नियुक्त गरेका यी ११ देशका राजदूतलाई देउवा सरकारले फिर्ता बोलायो।

collage-1-23-768x576-1सरकारले राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ११ देशमा जिम्मेवारी दिई पठाइएकाहरु फर्कनुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक तवरले उनीहरुले नियुक्ति पाएका थिए ।

अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी बाहेक राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयका आधारमा फिर्ता हुनुपर्नेमा शक्तिशाली देशमा राजदूत बनाएर पठाइएकाहरु छन् । छिमेकी मुलुक भारत र चीनका अलावा अमेरिका बेलायतका लागि राजदूत बनाएर पठाइएकाहरु पनि फिर्ता हुनुपर्नेछ ।

फिर्ता बोलाइएका राजदूतहरु-

१. डा. युवराज खतिवडा, अमेरिका

२. निलाम्बर आचार्य, भारत

३. महेन्द्रबहादुर पाण्डे, चीन

४. लोकदर्शन रेग्मी, बेलायत

५. वंशीधर मिश्र, बंगलादेश

६. सर्मिला पराजुली ढकाल, ओमान

७. नारदनाथ भारद्वाज, कतार

८. दावा फुटी शेर्पा, स्पेन

९. उदयराज पाण्डे, मलेशिया

१०. अन्जन शाक्य, इजरायल

११. प्रतिभा राणा, जापान

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles