“कलाकार आकस्मिक सहयोग संकलन अभियान”मा कोरियाबाट सहयोग प्रदान ।

Date:

Share post:

बोम्जन गुरुङ/दक्षिण कोरिया

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरोना भाईरस (कोभिड-१९) को महामारी फैलिरहेको अवस्थामा नेपालमा लकडाउनको असरले समस्यामा परेका सम्पूर्ण कलाकारहरुलाई विशेष लक्षित गरि आर्थिक सहयोग गरेको छ ।

नेपाल स्थित राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्रले रिता थापा मगरको संयोजकत्वमा बनेको आकस्मिक सहयोग समितिलाई रु. ५१,१११ (अक्षरुपी एकाउन्न हजार एक सय एघार रुपैया मात्र) सहयोग गरेको हो । संकलित सो रकमबाट वास्तविक पीडितको पहिचान गरि राहत प्याकेज उपलब्ध गराउने तीव्र तयारी भईरहेको जनाईएको छ ।

सन् २०१८ मा स्थापित यस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले विभिन्न मनोरञ्जनामक कार्यक्रमका अतिरिक्त विभिन्न संस्थाहरुसँग समन्वय गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आइरहेको यस शाखाले केही महिना अगाडी गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाद्वारा सञ्चालित “एक व्यक्ति, एक स्वास्थ्य किट्स” अभियानमा रु. १० हजार अर्थात एक लाख वोन सहयोग गरेको दक्षिण कोरिया शाखा अध्यक्ष जीतन भाई श्रीषले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...