काभ्रे सेवा समाज युएईले यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबारको दिन बृहत सांस्कृतिक गर्दै ।

Date:

Share post:

काभ्रे सेवा समाज युएईले चौथो अधिवेशनको अवसर पारेर अनाथ बालबालिकाको लागी काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम – २०१९ यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबार युएईको दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा आयोजना गर्ने भएको छ।

बृहत सांस्कृतिक कार्यक्रम – २०१९ भव्यरूपमा सम्पन्न गर्नको लागी नेपाल बाट आमन्त्रित कलाकारहरु ख्यातिप्राप्त सेलो गीतका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र चर्चित मोडेल तथा नृत्यकार रिना थापा मगर युएई आउने भएका छ।काभ्रेलीहरुको छाता संगठन काभ्रे सेवा समाज युएईको चौथौ अधिवेशनको अबसर पारेर आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार गायक तथा संगितकार विशाल काल्तानको बिशेष प्रस्तुति रहने भएको छ भने चर्चित मोडेल तथा नृत्यकार रिना थापा मगरको बिशेष जोडदार धामका सहित युएईमा रहेका चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ।

काभ्रे सेवा समाज युएईले स्थापनाकाल देखि नै युएईमा रहेका नेपालीहरुलाई आपतबिपत पर्दा विभिन्न तवरबाट सहयोग गर्दै आएको छ । काभ्रे सेवा समाज युएई ०८ अगस्ट २०१४ मा दामोदर दाहालको संयोजकत्वमा स्थापना भएको हो भने हाल संस्थाको प्रमुखमा युबा समाजसेवी दिल लामा अध्यक्ष रहेको छ ।

काभ्रे सेवा समाज युएईले बिशेष गरि सामाजिक कार्यहरु गर्दै आइरहेको छ। अपाङ्ग तथा अनाथ सडक बालबालिकाहरुको लागि स्थापित विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग देखि भुकम्प, बाढीपीडित, गरिबीको कारण उपचार गर्न नसकेका बिरामीहरु, वैदेशिक रोजगारमा आएर अलपत्र परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।उक्त काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम – २०१९ लाई भव्य र सभ्य बनाउनको साथ र सहयोगको लागि काभ्रे सेवा समाज युएईले प्रवास युएईमा स्थापित संघ संस्था , समाजसेवी , बुद्धिजीवी माहनुभव,दाजुभाइ दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...