29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

कास्की आदर्श युएई द्वारा आगामी मार्च ६ तारिकमा फुटबल खेलाईने।

- Advertisement -

कास्की आदर्श सेवा समाज युएर्इले प्रवास युएईमा कार्यरत रहेका नेपालीहरूका बिच अन्तर नेपाली क्लब नकाउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

“स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ आगामी २०२० मार्च ६ तारिख शुक्रबारका दिन अलकुज ४ स्थित स्प्रिङडेलस् स्कुल सँगै रहेको खेल मैदानमा आयोजना गर्ने भएको छ। ९ ए साइड फुटबल प्रतियोगितामा युएईको फुटबल गतिबिधिमा सकृय करिब चौंध नेपाली फुटबल टिमहरू र आयोजकका दुई टिम सहित गरि करिब सोह्र टिमले सहभागिता जनाउने भएका छन्। त्यसै गरि प्रतियोगिता लाई सभ्य र भव्यताका साथ सु-सम्पन्न गर्नका लागी व्यवस्थापनमा सँस्थाको आधिकारिक फुटबल क्लब कास्की XI फुटबल क्लबले मुख्य भुमिका निर्वाह गर्ने आयोजक सँस्थाका उपाध्यक्ष एवं खेलकुद विभाग प्रमुख समेत रहेका सुरेन्द्र जि.सी.ले बताएको छन।

- Advertisement -

संयोजक जि.सी.ले जीवनको बाल्यकालमा नै क्यान्सर रोग सँग पैंठिजोरी खेल्दै जीवन जीउन संघर्ष गरि अघि बढिरहेकी नाबालिका समृद्दि थापाको नाम बाट प्रतियोगिताको नामाकरण गरिएको बताउँदै समृद्दि नानीको रोग पुरा निको होस् भन्दै शिघ्र स्वास्थ्य लाभका लागी हामी सबैको प्रार्थना तथा भगवानको आशिर्वादको आवश्यकता रहेको बताउँदै फुटबल खेल प्रेमी युएईमा कार्यरत रहेका सम्पुर्ण नेपाली जनहरूमा सहभागिताका लागी अपिल समेत गरेको छ।

उक्त प्रतियोगिताको विजेता र उपविजेताले पुरस्कार स्वरूप नगद राशिका साथमा ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी हरेक खेलका उत्कृष्ट खेलाडीलाई कप र प्रमाण पत्र, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा धेरै गोल गर्ने खेलाडीलाई पनि कप र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी प्रतियोगिताका सह संयोजक एवं कास्की XI फुटबल टिमका क्याप्टेन सागर श्रेष्ठले जानकारी गराएको छ।

प्रतियोगिता संचालानार्थ आयोजकले विभिन्न उप समितीहरू बनाएर तयारीमा जुटिरहेको र प्रतियोगिता लाई निश्पक्ष तरिकाले सम्पन्न गर्नका लागी निर्णायकहरूको भुमिका महत्वपुर्ण रहने भएको हुंदा आयोजकले ध्यान दिंदै फिफा तथा एन्फा रेफ्रीको व्यवस्था गरिएको बताएका छन।

स्मरण रहोस् सामाजिक कार्यमा मात्रै सिमित नरहेको कास्की आदर्शले २०१८ र २०१९ मा भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको थियो भने यस वर्ष करिब दुइ साता अघि मात्रै गत १४ फेब्रुअरी मा तनहुँ सेवा समाज सँग सहकार्य गर्दै प्रथम कास्की तनहुँ कप भलिबल प्रतियोगिता २०२० पनि भव्यताका साथ सु-सम्पन्न गरेको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles