किरात याक्थुङ चुम्लुङ कुवेतको ९ औं बार्षिकत्सव कार्यक्रम स्थगित।

Date:

Share post:

कुवेतनेपाल डट कम २७ फेब्रुअरी २०२०।किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । बिश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझव दिईरहेको अवस्था छ । कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेलका लागि कार्यक्रम स्थगित गरिएको चुम्लुङका कार्यबाहक अध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वाले जानकारी गराएका छन । कोरोना भाईरसबाट सिर्जना भएको बिषेश परिस्थितीमा कार्यक्रम स्थगित गर्नु परेको र यसबाट पर्नगएको असुविधा प्रति सम्बन्धित सबैसंग किरात याक्थुङ चुम्लुङ कुवेतले क्षमायाचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...