29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

किरात राई यायोक्खा शाखा युएई द्वारा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम सम्पन्न

- Advertisement -

कुबेत नेपालडटकम / फेब्रुअरी ११ युएई l किरात राई यायोक्खा शाखा युएई द्वारा आयोजित संवत् ५०८० यलेदोङ तथा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम गत ०७ फेब्रुअरी २०२० शुक्रबार युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुल साबियामा भव्यरुपमा सम्पन्न भएको छ।

किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष महेश मोक्तान ,बिशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल, किरात राई युएईका संस्थापक महासचिव राज कुमार चाम्लिङ ,नेफिन युएईका प्रमुख संरक्षक समिति सदस्य एवं तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ ,एनआरएनए युएईका उपाध्यक्ष नरेश सेन,सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन,नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार भगवती चाम्लिङ राई , किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार मुम्चे राई ,अतिथि कलाकार गायक कुबेर राई ,गायक जिबि हाङ राई , गायिका बबिना किराँती ,हांस्यव्यङ्ग्य कलाकार उमेश राई,गायक दिपक बान्तवा राई ,गायक निनाम हाङ राई ,नेफिन युएईका महासचिव कुमार बलामी,नेफिन युएईका सहकोषाध्यक्ष ज्ञान बहादुर लामा,कार्यक्रम संयोजक पदम खालिङ राई ,सह संयोजक डिके किराँती ,सहसंयोजक सरु सिताल राई ,भोजपुर हातेमालो सेवा समाजका वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पा, अतिथिमा नेफिन युएईका संरक्षण समिति सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ ,नेफिन युएईका उपाध्यक्ष डिबि समर्पण ,तमु समाज युएईका उपाध्यक्ष नन्द जंग गुरुङ,नेपाल मगर संघ शाखा युएईका महासचिव नयन बहादुर घर्ती मगर ,शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा,प्रवासी भुजेल सेवा समाज युएईका अध्यक्ष रन्जान भुजेल,किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष गज बहादुर वनेम,नेवा:पुच:युएई अबुधाबी क्षेत्रका अध्यक्ष सुनिलमान श्रेष्ठ,प्रवासी थारु कल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी,नेफिन युएईका सदस्य खोर बाबु महत्तो,फोनिज युएईका सचिव मान सिङ गुरुङ,फोनिज युएईका कोषाध्यक्ष अञ्जुली लोप्चान तामाङ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेवी, पत्रकारहरु अतिथि रहेको थियो।

- Advertisement -

कार्यक्रमको शुरूवातमा कार्यक्रमका सभापति ,प्रमुख अतिथि ,बिशिस्ट अतिथि गण र अतिथि गणहरुले संयुक्तरूपमा दिप प्रज्ज्वलन गर्दै औपचारिक कार्यक्रम समुद्घाटन समारोह लगत्तै नेपाली राष्ट्रिय गीत पश्चात् किराँती राष्ट्रिय गीत बज्जएको थियो l औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन नेफिन युएईका वरिष्ठ उपाध्यक्ष एवं किरात राई यायोक्खा शाखा युएईका उपाध्यक्ष बिजया लक्ष्मी राई र किरात राई यायोक्खा शाखा युएईका सचिव शम्भु राईले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक पदम खालिङले महाबिर पुन र राष्ट्रिय आबिष्कार केन्द्र नेपालको बारेमा नजान्ने नसुन्ने साहिद कमै होला।आज त्यही देश निर्माणमा अहोत्र लाग्नु भएका पुनले संचालन गरिएको आबिष्कार केन्द्र नेपालको प्रचार प्रसारमा सहयोगार्थ आयोजित कार्यक्रमको संयोजकको भुमिका निर्वाह गर्ने अवसर पाउदा भाग्यमानी महसुस गरेको छु।देशमा बिकास भएन ,समृद्धि भएन भनेर हामी सधैं नेताहरु लाई मात्र दोष दिन्छौं,जत्ती देश सुध्रनु र बिग्रनमा नेताहरूको हात छ त्यत्ति नै हाम्रो पनि छ।त्यसैले जनताले पनि आ-आफ्नो ठाउँबाट केही योगदान गर्नु पर्छ भन्ने मेरो मान्यता हो । महाबिर पुन पनि हामी जस्तै एक साधारण व्यक्ति हुन।उहाँले देश र जनता प्रति पुर्‍याउनु भएको अतुलनीय योगदान यहाँ शब्द शब्दमा वर्णन गर्न असमर्थ छु।एसियाको नोबेल पुरस्कार बाट चिनिने नकासोसी जस्तो अवार्ड पाउनुभएका पुनले आज त्यही अवार्ड लिलाममा राख्नु भएका समाचार सुन्द के सबै जनताको मन रुदैन । हो हामी महाबिर पुन जस्तो बन्न त सक्दैनौं तर आफुले सक्ने योगदान देशको लागि पनि गरौं।राष्ट्रिय आबिष्कार केन्द्र संग हाम्रो भबिष्य जोडिएको छ,हाम्रो भाबी सन्तातीको भबिष्य जोडिएको छ,सिङ्गो देशको भबिष्य जोडिएको छ। त्यही आबिष्कार केन्द्र लाई केही सहयोग गर्ने उद्देश्यका साथ आयोजित गरिएको कार्यक्रम हो।त्यही मर्म लाई मनन गरि उपस्थिति जनाउनु भएको छ।यो गरिमामय उपस्थिति सामान्य होइन। तपाईको मन मस्तिष्कमा देश प्रतिको माया ममता तपाइँको मस्तिष्कमा झलझल्की रहेको देखेको छु।अन्त्यमा हाम्रो कार्यक्रम भर पक्कै पनि साथ दिनु हुनेछ भन्दै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरि दिन उपस्थित सम्पुर्णमा आग्रह गरेका थिए।

शुभकामना मन्तव्य राख्दै विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले किरात राई यायोक्खा शाखा युएई द्वारा आयोजित बृहत कार्यक्रममा खाली किरातीहरुको नयाँ बर्ष ५०८० यलेदोङ यलम्बरको मात्र सम्झना नभइकना तपाई हाम्रो भबिष्यको लागि जोडिएको,तपाई हाम्रो भोलिको सन्ताती संग जोडिएको नेपालको एक मात्र आबिष्कार केन्द्रको प्रचार प्रसार तथा सहयोगार्थ जोडिएको यस माहन कार्यक्रममा तपाईं हामी सम्पूर्णले आ-आफ्नो ठाउँबाट सकेको आर्थिक भौतिक जस्तो छ सहयोग गर्नु पर्ने कार्यक्रममा उपस्थित हुन पाउदा खेरि अत्यन्तै खुशी छु।यस राष्ट्रिय आबिष्कार केन्द्रको लागी सम्पुर्ण युएईमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनीहरुमा के आग्रह गर्न चाहन्छु भने हामीले कुनै सामाजिक संजालमा नेपाली समाज युएईले राष्ट्रिय आबिष्कार केन्द्रको बारेमा अहिले सम्म कुनै प्रतिक्रिया दिएका थिएनौं ।आज यहि स्टेज मार्फत सम्पुर्ण युएईबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा के आग्रह गर्न चाह्न्छु भने राष्ट्रिय आबिष्कार केन्द्रको लागी सहयोगार्थ युएई बाट पनि तपाईं हामी सम्पूर्ण नेपालीहरु लाई समेटदै युएई बाट राष्ट्रिय आबिष्कार केन्द्रको लागि सहयोग संकालन गर्ने अभियान नेपाली समाज युएईले प्रतिनिधित्व गर्दै नेपाली युएई संग आबद्ध संघ संस्थाहरु,बुद्धिजीवी,व्यवसायी,नेपाली समाज भन्दा बाहेक रहेका राजनीतिक भातृ संगठन,एनआरएनए लगायत सम्पुर्ण संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्न र एउटा बृहत सहयोग कार्यक्रम जुटाउदै आगामी दुई महिना भित्रमा हाम्रो तार्गेट रहने छ।एउटा निश्चित रकम संकालन गरि महाबिर पुनलाई युएईमा ल्याउने यदि सम्भाव नभए नेपालमा नै हामीले राष्ट्रिय आबिष्कार केन्द्रको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्दै बिश्व लाई त्रासित बनाएको कोरोना भाइरस परिक्षणको लागि दुबई स्थित वर दुबईको रसिदिया पोलिक्लिनिक संग समन्वय राखी नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिएको हुंदा आउदो १४ फेब्रुअरी २०२० शुक्रबार बिहान १० बजे देखि दिनको ३ बजे सम्म उपस्थित हुन भइ परिक्षण गरि दिन आग्रह समेत गरेका छ।

शुभकामना मन्तव्यकै क्रममा किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार मुम्चे राईले किरात यले सम्वत सम्बन्धि प्रकाश पार्दै नेपाली सम्पर्क भाषामा यले सम्वत कायम गरेको यस किरात समुदायको पहिचान संग सम्बन्धि सम्वत लाई विभिन्न किराँती भाषाहरुको आफ्नै भाषा अन्तर्गत बिशेषता लिम्बुहरु यले ताङ्बे भनेर भन्ने गर्दछ भने राई समुदाय भित्र विभिन्न किसिमका भाषा बोलिने हुंदा कसैले यले दोङ कसैले यले खोचे अर्थात यले खोचे भनेर भन्दै आइरहेको छ। बिस्तृत रुपमा किरात यले सम्वत ५०८० नेपालको इतिहासमा अत्यन्तै अति नै इतिहास बोकेको किरात समुदाय अन्तर्गतको प्रथम राजा यलम्बर हाङको स्मृतिमा सम्मानमा यो सम्वत लाई स्थापित गरिएको छ। यश सम्वत सम्बन्धि २०२० सालमा साहित्यकार तथा लेखक पुष्प खाम्साङले आफ्नै सम्पादन, प्रकाशक र प्रकाशनमा श्रीदम्बा पत्रीकामा प्रकाशन गरेको दस्तावेजमा पाइन्छ।तत्पश्चात नेपालमा भन्दा बाहिर रहेको बिशेष किराती समुदायहरुले यश सम्वत प्रयोग गरेको पाइन्छ । यश सम्वत लाई नेपालको संबिधानमा सुनिश्चित गर्नु पर्छ भनेर विगत एकदशक देखी नेपालका इतिहासकारहरु,बिद्धान बुद्धिजीवीहरुले निरन्तर अहोत्र खटी रहनु भएको छ।र सम्वत लाई नेपालको राष्ट्रिय सम्वतको रुपमा कायम गर्नको लागि विभिन्न बिद्धान बुद्धिजीवीहरु लागि रहेको छ।उहाँहरु लाई हाम्रो साथ र सहयोग रहने छ।यो सम्वत बिश्वमा प्रचालित सबै भन्दा पुरानो सम्वतको रुपमा देखिएको छ।यसर्थ तपाईहरु सम्पुर्ण नेपालीले यो सम्वत लाई प्रयोग गर्न नितान्त आवश्यकता देखिएको छ।बिश्वको सम्वतहरुमा अहिले सम्म प्रचालनमा देखिएको छैन । यो सम्वत नेपालीको लागी गर्वको बिषय हो भन्दै अन्त्यमा आज कार्यक्रममा उठेको रकम सबै आबिष्कार केन्द्रलाई सहयोग गर्न नसकेता पनि यश कार्यक्रमले प्रचार प्रसारमा सहयोग पुग्ने बताउदै आबिष्कार केन्द्र हाम्रै हो हामी सबैको साथ र सहयोगको अपेक्षा राखेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष महेश मोक्तानले यो कार्यक्रम राष्ट्रिय आबिष्कार केन्द्र संचालक महाबिर पुन लाई सहयोग गर्नको लागी आयोजना गरिएको हो।यो कार्यक्रमले एउटा भावना संग जोडिएको छ।एउटा नेपालमा केही गर्छु भन्ने लाई सहयोग गर्नु पर्छ भन्ने कुरा संग जोडिएको छ।नेपालमा अझै पनि बेथितिहरु छ,भद्रगोलपन छ,अझै पनि व्यवस्थित गराइ सकेको छैन।व्यवस्थित अवस्था छैन।अव्यवस्थित रहेको अवस्था छ।तर त्यो सबै कुराहरू लाई व्यवस्थित रुपमा ल्याउन सकिन्छ ।समय लाग्न सक्छ।व्यवस्थित गर्न सक्यो भने वर्तमानमा भइरहेको वैज्ञानिक बिकासहरु लाई अंगाल्न सक्यौं भने जसरी अहिले देश कछुवाको गतिमा अगाडी बढी रहेको अवस्था छ । देश लाई खरायोको गतिमा अगाडी बढाउन सक्दछौं भन्ने उद्देश्य लिएर महाबिर पुनले आबिष्कार केन्द्र लाई स्थापना गरेको छ।त्यो आबिष्कार केन्द्र लाई सहयोगको लागी यो कार्यक्रम महत्त्व छ।त्यसैले किरात राई यायोक्खा युएईले आयोजना गरेकोमा तपाइँ हामी सबैले ताली दिएर धन्यवाद दिनु पर्दछ। देश लाई व्यवस्थित गर्नको लागी हामीले यस्तै प्रकारको कार्यक्रमहरुमा सहयोग गर्नु पर्दछ।अनुसन्धानको कुराहरूमा लगानी गर्नु पर्छ।बिकासको कुराहरुमा लगानी गर्नु पर्छ।जब सम्म देशमा यस्ता आबिष्कार केन्द्रहरु हुंदैन जानेर नयाँ नयाँ कुराहरु अनुसन्धान,अध्ययन हुन्छ ,तब मात्र हामीले देश लाई अगाडी बढाउन सक्छौं ।अहिले भर्खर कोरोना भाइरस भन्ने भयनक रोग फैलिरहेको छ। यदि नेपालको काठमाण्डौमा फैलियो भने नेपालको विशेषज्ञ डाक्टरहरुले थेग्न सक्दैन ।हाम्रो देश सत्ता चलाउने राज्य संचालकहरुले राज्यको यस्तो प्रकारको कुरामा कहिले पनि ध्यान र लगानी गरेनन।हामीले चलाउने संस्थाहरुले चलाएर कत्ती नै हुन्छ र।देशले यस्ता आबिष्कार केन्द्रहरुमा लगानी गरेको खण्डमा हामी यस्तो कुराहरुमा लगानी गर्न अवश्यकता थिएन । आज राज्यले यस्तो कुराहरूमा ध्यान नदिएको भएर बिदेशमा बसेका साथीहरूले किरात राई यायोक्खा शाखा युएईले यश प्रकारका कार्यक्रमहरु आयोजना गरेर तपाई नअतिनु महाबिर पुन ज्यु तपाईंको पछाडी हामी छौं तपाईं अगाडी बढ्नोस भन्ने सन्देश यो कार्यक्रम बाट दिएको छ।नेफिन युएईले आबद्ध दशैवटा संघसंस्थाले बिस्तारै बिस्तारै अर्थपूर्ण कार्यक्रमहरु गर्दै आफ्नो समाज लाई अगाडी बढ्न छिटो भन्दा छिटो कसरी जान सकिन्छ भन्ने क्रम जारी छ ।तर राज्यले यस प्रकारको आबिष्कार केन्द्रमा राज्यले लगानी गर्ने हो भने हामीले यसरी आर्थिक संकालन गरेर लगानी गर्नु पर्ने अवस्था आउने थिएन।दुर्भाग्य हाम्रो देशमा भ्रष्टाचारको ठूला ठुला अखाडाहरु दैनिक समाचारमा देखेकै कुरा हो।अरबौ भ्रष्टाचार गरेको बिशेष अदालतमा मुद्दा दायर भएको छ ।देशको स्थिति त्यो छ भने अर्को देश लाई केहि दिन चाहन्छु भन्ने व्यक्ति महाबिर पुन र कुलमान घिसिङ जस्ता १८ घण्टा लोडसेडिङ लाई निर्मुल पार्ने व्यक्तिहरु पनि छन।लोडसेडिङ जस्ता लाई कुलमान घिसिङले जुन आंट लिएर काम गर्नु भयो त्यो आज सफल भएको छ।त्यस्तै भोलि हामीले यो आबिष्कार केन्द्रको परिक्षण सफल भएको खण्डमा नेपाल लाई नयाँ युगमा प्रवेश गर्नको लागी धेरै मद्दत पुग्छ।हामीले सूचनामुलक युगमा गर्न सकेनौं भने पछाडी पर्न सक्छौं त्यसैले पछाडी नपरुन भन्नाको लागी गर्छु भन्ने यस्ता आबिष्कार केन्द्र प्रवेश र साथ र सहयोग गर्नु पर्छ।त्यसैले अब आउने कार्यक्रमहरु अर्थपूर्ण हुनु पर्दछ भन्दै किरात राई यायोक्खा शाखा युएई लाई बधाई तथा शुभकामना दिएका थिए।

- Advertisement -

त्यसैगरी शुभकामना मन्तव्य राख्ने क्रममा एनआरएनए युएईका उपाध्यक्ष नरेश सेनले महाबिर पुनले गरेका आबिष्कार र आबिष्कार केन्द्रको बारेमा प्रकाश पर्दै भिडियो क्लिप प्रदर्शन गरि विभिन्न देश बाट सहयोगहरु गरेको छ।हामीले पनि युएईबाट पनि केही सहयोग गर्नु पर्छ भनेर जुन किरात राई यायोक्खा शाखाले आयोजना गरेको यले दोङ बृहत सांस्कृतिक कार्यक्रममा समय दिनु भयो किरात राई यायोक्खा शाखा युएई प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै युएईबाट दुई महिना भित्र आबिष्कार केन्द्रको लागी रकम संकालन गरि सहयोग गर्ने प्रतिबद्धता गरेका छ्न।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा किरात राई यायोक्खा शाख युएईका अध्यक्ष चन्द्रकला साम्पाङले यलेदोङ संवत् ५०८० आबिष्कार केन्द्र सहयोगार्थ प्रचार प्रसार कार्यक्रम लाई भव्य र सभ्यरुपमा सफल पार्न हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नु हुने सम्पुर्ण प्रमुख अतिथि,बिशेष अतिथि गण,अतिथी गण,पत्रकार,प्रायोजक दाता,सम्पूर्ण उपस्थित दर्शक महानुभाव,अहोरात्र खटिनु हुने सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु,स्वयंसेवक,अग्रज अभियनकारी, क्षेत्रीय समितिका पदाधिकारीहरु,अतिथि कलाकार,स्थानीय सम्पुर्ण कलाकारहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी मनहरु लाई किरात राई यायोक्खा शाखा युएई हृदय देखि धेरै धेरै धन्यबाद ज्ञापान गर्दै आगामी दिनहरूमा माया साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम समापन पश्चात् अनौपचारिक कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको पहिलो सौगात लोकप्रिय गायक जिबिहाङ्ग राईले “झुम्के मायाले बाट प्रस्तुती दिएका थिए। उनले दिएका प्रस्तुतीले दर्शकहरु बाट वन्स मोर अफरका आईरहेको थियो भने उनले दर्शकलाई “सोल्टिनी ज्यु” गीत गाएर नचाएका थिए। दोस्रो प्रस्तुती दिंदै राष्ट्र सेवक नेपाल प्रहरीमा कार्यरत गायक निनाम हाङ्ग राईले थप स्टेजलाई तताएका थिए भने उनका प्रस्तुतिमा “जाली रुमाल ” गाउदा दर्शकको भिड लाई कन्ट्रोल गर्न स्वयम सेवकहरुलाई निकै कठिनाइ भएको थियो।त्यसैगरी मोडल तथा गायक दिपक बन्तवाले धमाकेदार प्रस्तुती “सेवाने” गीतले झनै तताएको थियो।प्रस्तुति दिने क्रममा बरीष्ठ गायक, सर्जक संगीतकार कुबेर राईले ” मायाले मुलबाटो भुलेछ…..” भन्ने सदाबहार गीत बाट शुरूवात गर्दै आधा दर्जन भन्दा बढी गीत गाएका थिए । चर्चित गायिका बबिना किरातीको स्टेजमा प्रबेश पाए संगै उनका फ्यानहरुको हलमा ताली र हुटिङ को कोलाहल मच्चिएको थियो । उनले माथि माथि हिमाली भेगमा” बाट सुरु गरेकी उनले निनाम हाङ्ग राई सँग ” मैनामैनी” मा बिसाईन। उनले गाएका प्रस्तुतिहरुले दर्शकहरुको घुइचो थेग्न नसक्ने अवस्था रहेको थियो।कार्यक्रममा बिशिष्ट अतिथी कलाकार चर्चित टिभी शो मुद्रे कमेडी क्लबका कमेडियन फुलन्देकी आमा उमेश राईले उपस्थित दर्शक लाई हंसाएर भरपुर मनोरञ्जन दिएका थिए भने कार्यक्रममा २३ स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए।

कार्यक्रममा आमन्त्रित अतिथि कलाकारहरु लाई किरात राई यायोक्खा शाखा युएईले सम्मान गरेको थियो भने आबिष्कार केन्द्र सहयोगार्थ आर्थिक रकम संकालन,बिश्व साइकल यात्री कर्ण श्रेष्ठ लाई साहसिक यात्रा सफलताको लागी र मृगौला पीडित को लागी आर्थिक रकम संकलन समेत गरेको थियो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles