दिलकुमार पाख्रीन/२३ डिसेम्बर, कुवेत। कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। विगत १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी सुरेश बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखी पोखरा महानगरपालिका-१६ लामाचौर कास्किमा बस्दै आइरहेका छन।
केही हिजो दिउँसो NRNA/NCC कुवेतलाइ सम्बोधन गर्दै एउटा निवेदन आइपुगेपछी आज साँझ एन आर एन टोलि बिरामी भेट्न गएका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन सचिव माधाव शाही र सदस्य सजिना गुरुङको टोलिले बिरामिलाइ भेटेर फर्केका छन। बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जानकारी अध्यक्ष सुजन केसिले आर डि क्रीएशनलाइ दिएका छन। उनका अनुसार बिरामी अत्यन्तै सिकिस्त छन।
बिरामी खत्री झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामिको बारेमा परिवारलाइ सम्पर्क गरि बिरामिको अवस्थाको बारेमा एन आर एन ए अध्यक्ष सुजन केसिले जानकारी दिएका छन।