24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

कुवेतमा अलपत्र परेको द्रौपती चौधरीको शव पठाउन NRNA ले चालेको अभियान बन्द। 

12278971_432730333593285_6196255413846786199_nअगस्ट, कुवेत। कुवेतमा दुई हप्ता भन्दा लामो समयदेखी अलपत्र परेको शव पठाउन गैरआवसीय नेपाली संघ कुवेतद्वारा चालिएको आर्थिक संकलन अभियान समाप्त भएको छ। श्रम नगरी तेस्रो मुलुक हुँदै कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत चौधरिले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन।

IMG-20210822-WA0001श्रम नगरेको कारण उनको शव पठाउन नेपाल सरकारको वैदेशिक रोजगार विभागले आर्थिक जिम्मेवारी नलिएकोले उनको शव अलपत्र परेको हो।अलपत्र परेको मोरङ बुढिगङ्गाकी द्रौपती चौधरीको शव पठाउन आवस्यक ३८५ कुवेती दिनार संकलन गर्न गैरआवासीय नेपाली संघ कुवेतले संघका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा बनेको आर्थिक राहक संकलन समितिद्वारा गत बिहीवार अभियान सुरु गरिएको थियो। संघले हिजो अवेर धन्यवाद ज्ञापन पत्र जारी गर्दै आवस्यक रकम संकलित भैसकेको र यो अभियान बन्द भएको जनाएको छ। आर्थिक संकलन समितिका संयोजक उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन र अध्यक्ष रणध्वोज लामाद्वार हस्ताक्षरित सो पत्रमा सहयोगिको नामवली सहित सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरिएको छ।

239830239_4050981978345919_3816406460301102636_nसाथै संघले आवस्यक ३८५ कुवेती दिनार नेपाली दूतावासमा बुझाइ सकेको समेत जानाकरी दिएका छन। समितिका संयोजक उमेश पुडासैनीले शव पठाउन आवस्यक ३८५ कुवेती दिनार रकम नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाइ हस्तान्तरण भैसकेको र शव आज आइतबार साँझ नेपाल जाने बताएका छन।RD Creation

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles