29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या

- Advertisement -

कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

- Advertisement -

मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन। कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles