कुवेतमा ज्यान गुमाएकाका परिवार सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया रोकियो, दुताबासले गर्यो यस्तो अनुरोध

Date:

Share post:

हरि कृष्ण न्यौपाने
कुवेत । कुवेतमा गत बुधबार बालुवाको ढिस्कोमा पुरिएर ज्यान गुमाउने ६ जानै नेपाली कामदारको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा पाल्पाका एक बहा दुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्याम नारायण चौधरी, नवलपरासीका पूर्ण बहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगर रहेको दुताबासले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर ६ जना नेपाली कामदारहरुको मृत्यू भएको थियो ।

मृतक ६ जना नेपालीहरु मध्ये ४ जनाको परिवार अझै नेपाली राजदुताबास कुवेतको सम्पर्कमा नआएको दुताबासले बताएको छ । मृतकका परिवार सम्पर्कमा नआउँदा शव नेपाल पठाउने लगाएत अन्य कानुनी प्रकृया अगाडी बढाउन नसकिएको नेपाली राजदुताबास कुवेतका तृतीय सचिव मनोज कुमार सिंहले संचारमाध्यम मार्फत अनुरोध गरेका छन् ।

तृतीय सचिब सिंहका अनुसार मृतकहरु ४१ बर्षिय वसन्त गुरुङ र २५ बर्षिय श्याम नारायण चौधरीको पारिवार भने नेपाली दुताबास कुवेतको सम्पर्कमा आएका छन । यसै गरि दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मन्डल उपचारपछि क्याम्पमा फर्की सकेका छन।

यसै गरि एनआरएन एनसिसि कुवेतका अध्यक्ष सुजन केसिको टोलिले दुर्घटनामा घाइते भएर जाहारा अस्पतालमा उपचाररत तथा उपचार पश्चात् क्याम्पमा फर्किएकालाई भेटेर आवश्यक सहयोग गर्ने बताएका छन।

सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ । उक्त कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन् ।

दुर्घटना हुने समय १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको बिबरण यस्तो छ-
१)एक बहादुर गाहा – (बर्ष-३०, राहदानी नं-०८३४६२७६, धैरेनी-१, चिडीपानी-पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-अनिता गाहा-मृतकको नाता-श्रीमति)
२)गंगाराम चौधरी – (बर्ष-४०, राहदानी नं-०६९४९९६८, दोधाना-७, सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-पन्नाई चौधरी -मृतकको नाता-बुबा)
३)राजु रोका मगर – (बर्ष-२४, राहदानी नं-१०६२४०८६, उवा-४,थवाङ, रोल्पा(राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-मन कुमारी रोका मगर-मृतकको नाता-श्रीमति)
४)पूर्ण बहादुर सुनारी मगर – (बर्ष-२६,राहदानी नं-०६४४४००८, बंजारिया-९, धरमपुर-नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-थमन सिंह सुनारी मगर-मृतक संगको नाता-बुबा)

मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ।
नेपाली राजदुताबास कुवेत-००९६५-२५३२१६०३/६०५ वा हटलाईन -००९६५-९८८६९१२१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...