कुवेतमा रहेका खोटाङे समाजसेवी राईद्वारा भोजपुरे राईलाई ५० हजार सहयोग

Date:

Share post:

अमित चाम्लिङ कुवेत,
२ साउन। वैदेशिक रोजगारीमा रहेका समाजसेवी उमेश राईले बस दुर्घटनामा परी प्यारालाइसि भएका बिरामीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। जन्तेढुङ्गा गाउँपालिका खोटाङका समाजसेवी राईले श्यामशिला भोजपुरनिवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग गरेका हुन् ।

कुवेतबाट पठाइएको आर्थिक सहयोग संघीय सांसद सुदन किरातीले बिरामीको घरमै पुगेर हस्तान्तरण गरेका थिए ।दुई छोरा र तीन छोरीका बाबु राजन राई ४० वर्षकै उमेरमै दुर्घटनामा परी थलिँदा आफ्नोभन्दा पनि छोराछोरीको शिक्षादीक्षाका लागि चिन्तित छन्। कोरोना महामारीले अस्तव्यस्त पारेको अवस्थामा कुवेतबाट पठाइएको आर्थिक सहयोगले बिरामीलाई मलहमपट्टी लाउने कोसिस गरिएको हो।

वर्षेझरीको पर्वाह नगरी चिप्लोबाटो पार गर्दै बिरामीको घर पुगेका सांसद किराती भन्छन्, ‘आखिरी विचार मिले समुद्रले छेक्दैन रहेछ । हामी भोजपुरवासीका तर्फबाट सहयोगी समाजसेवी राईलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दछौं ।’ पवित्र कामका लागि आफूलाई विश्वास गरेर पुलको भूमिका निर्वाह गर्ने अवसर दिलाइदिएकोमा उनले खुसी व्यक्त गरे ।जन्तेढुङ्गा गाउपालिका–२ हिउराङ साउने, खोटाङ जिल्लानिवासी मनकारी सहयोगी उमेश राई किरात राई ययोक्खा कुवेत उपाध्यक्ष र खोटाङ–कुवेत सम्पर्क मञ्चका सचिवसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...