युग लामा/ कुवेत – रोजगारीका लागि कुबेत पुगेकी जुगल गाउँपालिका –२ की २१ वर्षीया पासपोर्ट नम्बर( PA0619687) रहेको सार्किनी स्याङ्बो १० महिना देखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।रोजगारीका लागि १ साल अघि कुवेत पुगेकी सार्किनी बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि परिवारले सामाजिक अभियन्ता फूलकाजी स्याङ्बोलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।
नेपालबाट पठाउने एजेण्ट पान बहादुर लामा जुगल २ निम्लुङ रहेको बुझिएको छ। वडा अध्यक्षले नेपाली राजदूतावास कुवेतलाई खोजीको लागि सिफारिस अनुरोध समेत गरेका छन् ।कुवेत गएको २ महिनासम्म नेपालमा पैसा समेत पठाएको परिवारले जानकारी दिएका छन् । खोजीका लागि सक्दो सहयोग गरिदिन सार्किनिको बाबु पेमा स्याङ्बोले सवैलाई अनुरोध गरेका छन् ।
Khoji chado vanda chado gari dinu pareo kuwait ko rajdutabas ko team le thank you 🙏