कुबेत नेपालडटकम/ जनवरी २९ कुवेत। तामाङ घेदुङ कुवेतद्वारा आयोजित आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत संस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रेशम लामाले कुबेत नेपालडटकम जानकारी दिएका छन।
कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मध्यन्ह ठिक १२ बजेबाट सुरु हुने कार्यक्रमा तामाङ जातिको भाषा,धर्म,संस्कृति,भेषभुषाको संरक्षण र सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यका साथ मनाउन लागेको कार्यक्रमलाई भब्यरुप मा सफाल पर्नको लागि नेपाल बाट अतिथि कलाकार हरुको रुपमा बहुचर्चित लोकप्रिय गायिका मिना लामा,अन्जु लामा,जोगलाल लामा र यु बि मोंग्रेसको साथमा स्थानीय चर्चित कलाकार हरुको धमाकेदार प्रस्तुती रहने भएको छ।
राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमलाई लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी कार्यक्रम संयोजक रेशम लामाले हार्दिक अनुरोध गरेको छन्।
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ फेब्रुअरी २०२० शुक्रबार
समया : मध्यन्ह ठिक १२ बजेदेखी
कार्यक्रम : २८५६ राष्ट्रिय सोनाम ल्होछार
आयोजक :नेपाल तामाङ घेदुङ कुवेत