21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

कुसुम गुरुङको “माकुरी माया” सार्वजानिक,(भिडियो सहित)

सुरेश गुरुङ/कुबेत,सुमधुर स्वरका धनी कुसुम गुरुङको “माकुरी माया” दोस्रो गीत म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।कवि उपेन्द्र सुब्बाको शब्द र पारस मुकारुङको संगीत रहेको लोकलयमा आधारित गीतमा कुसुमलाई स्वरमा भविन ढुंगानाले साथ दिएका छन्।

पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका कुसुमकुमारी गुरुङ ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भैसकेका छन्। भने यस गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् भने भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमको अभिनय रहेको छ।

यसअघि गायिका कुसुमले वि.सं. २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी २०५२ सालमा श्रद्धा डिजिटलबाट ‘भीरमाथिको गाउँ’‘सुनमाया” जस्ता गीतहरु बजारमा ल्याएकी छन। सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गायिका कुसुम गुरुङ नेपालको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको छ।

https://youtu.be/mmf1jKA_gsc

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles