केही नेताको विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुग्न सकेन : ओली

Date:

Share post:

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार वक्तव्य जारी गर्दै ओलीले नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको जनाएका छन् । ‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,’ वक्तव्यमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

तर उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै एमाले नयाँ स्वरूपमा पुनःस्थापित भएको दाबी पनि ओलीले गरेका छन् । ‘आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको छ,’ वक्तव्यमा छ, ‘हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौं ।’

मदन भण्डारीले राष्ट्र तथा नेपाली जनताका लागि पुर्‍याएका योगदान दूरगामी महत्त्वको र अतुलनीय रहेको भनी ओलीले स्मरण गरेका छन् । उनले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । यस दिनलाई एमालेले मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । यही दिवसको अवसर पारेर ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेका थिए । तर ०७७ फागुन २३ को सर्वोच्चको फैसलाले उक्त एकता बदर गरिदिएपछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन् ।

पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्यो : गौतम

मदन–आश्रित दिवसकै अवसरमा एमाले नेता वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितका नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोजेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड मदन र कमरेड आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वेषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्दै छ ।’

एमालेसहित बृहत् वाम एकतामार्फत भण्डारी र आश्रितका मार्गदर्शनलाई सार्थक बनाउन गौतमले नेता–कार्यकर्तालाई सुझाव पनि दिएका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन उनले एमालेका जिम्मेवार नेतालाई आग्रह गरेका छन् ।(कान्तिपुर )

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...