बालकृष्ण अधिकारी, काठमाडौं, मंसिर २० – पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि सर्वसम्मतले प्रस्ताव पारित गरेपछि नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यहरु प्रधानमन्त्री भएपछि गर्ने कामको विषयमा छलफलमा सक्रिय भएका छन्। प्रधानमन्त्री भएपछि के के गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यहरुसँग छलफल सुरु भएको हो।
पार्टी कार्यालय सानेपामा आज पार्टी सभापति सुशील कोइरालालाई सर्वसम्मत निर्णय गरी भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
नेता विमलेन्द्र निधीले गराएको जानकारीअनुसार पार्टीलाई एकवद्ध बनाएर लैजानुपर्ने परिस्थिति निर्माण भएकाले प्रधानमन्त्रीका लागि पार्टी सभापति सुशील कोइरालाको नाम वरिष्ठ नेता शेरबहादुरले प्रस्तावित गरेका थिए। देउवाको प्रस्तावलाई उप सभापति पौडेलले समर्थन गरेपछि उनी सर्वसम्मत भएका हुन्।



