कोरोनाले निम्त्याएको यात्रा : वुहानदेखि खरिपाटीसम्म

Date:

Share post:

४ फागुन, काठमाडौं । क्रोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ । १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो ।नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार वुहानबाट ५५ जना, जिङ्गचोउबाट ४८ जना, इन्सीबाट २६ जना, सियानबाट २९ जना, जिङ्गमेनबाट ९ जना र यिचाङबाट ८ जना नेपाल आएका छन् । उद्धार गरिएकाहरुमा १७० जना विद्यार्थी, दुई जना पर्यटक, दुई बच्चा र १ जना कामदार छन् ।

नेपाल आउने तयारीमा रहेका ६ जनालाई भने चीनले उत्तै रोकेको छ । उनीहरुलाई ज्वरो आएकाले उतै रोकिएको हो । बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा ‘मेडिकल रिजन’ले ६ जना नेपाली स्वदेश फर्किन नपाएको उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज रोकिएलगत्तै विमानभित्र बसेकाहरुले ताली बजाएर खुसी प्रकट गरेका थिए ।

उनीहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरी पाँच वटा बस र एम्बुलेन्समा राखेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको थियो ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि गत डिसेम्बर २३ तारिखदेखि चीन सरकारले यातायातका सबै साधन बन्द गरेको थियो भने घर बाहिर निस्किन पनि रोक लगाएको थियो । जसका कारण नेपालीहरु पनि कोठाभित्रै बसिरहन बाध्य भएका थिए ।

वुहानका नेपाली साथीहरुले अपनाउनु भएको स्वयम् – सुरक्षा देखेर चाईनिज खलासी मस्त तरिकाले खाजा खादै। खुसिको कुरो ।

उनीहरु र उनीहरुका अभिभावकहरुले छिटो उद्धार गरिदिन नेपाल सरकारसमक्ष अपिल गरेका थिए । त्यसपछि बेइजिङस्थित दूतावासले वुहान क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुबाट निवेदन माग गरेको थियो । निवेदन दिनेहरुमा १८५ जना थिए । उनीहरुलाई नेपाल ल्याउन सरकारले फागुन ३ गते नेपाल एयरलाइन्सको जहाज चीन पठाएको थियो ।

विमानस्थलममा ओर्लिएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । संक्रमणबाट जोगाउने विशेष प्रकारको कपडा लगाएका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य जाँच गर्दै बसमा चढाएका थिए ।

बसमा बसेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनतर्फ प्रस्थान गर्दा बसभित्रैबाट उनीहरुले हात हल्लाएका थिए । उनीहरुलाई प्रहरीको स्कर्टिङमा विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याइएको थियो ।

त्रिभुवन विमानस्थलबाट बसमार्फत खरिपाटीस्थित क्वारेन्टाइन जाँदै गरेकाहरू
लामो समयदेखि बन्दी जस्तै बनेर कोठाभित्रै बसिरहन बाध्य भएका नेपालीहरु स्वदेश फर्किन पाएकोमा खुसी देखिन्थे । उनीहरुले एयरपोर्ट प्रस्थान गर्न गाडी पर्खिरहेकोदेखि स्वेदश फर्किएको फोटो तथा भिडियोहरु सामाजिक सन्जालमा सेयर गरेका छन् ।
(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...