कोरोना भाइरसबाट चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

Date:

Share post:

१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको सीएनएनले जनाएको छ ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...