क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

Date:

Share post:

231508179_1206989726456211_4862631975630134986_n_3XM4c8FIwHकाठमाण्डाै – वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा ‘रिक्वेस्ट फर्म”बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ । अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...