टीकापुर– कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।
वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण समस्या हुन थालेको सुनाउँछन्। “गर्मीले पढ्नै सकिँदैन,” उनले भने, “दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेन्चमा बस्नै गाह्रो हुन्छ। डेस्क र बेन्च पनि तातेका हुन्छन्।”