गायक ढकाल दम्पतीको डिभोर्स हुनुको मुख्य कारण

Date:

Share post:

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको प्रमाणसहित दिनभर मिडियामा समाचार प्रकाशन भए । त्यसबेलासम्म ढकालले अफवाह मात्र रहेको बताएका थिए । सामाजिक सञ्जालमा यो दम्पतीको सम्बन्ध विच्छेदको खबर ट्रेन्डिङ हुन थालेपछि साँझ ढकालले पत्नी शाहसहितको तस्बिर राख्दै फेसबुकमा लेखे,‘अरुले के भन्छन् त्यसको मतलव छैन, हाम्रो साथ कहिल्यै मर्दैन ।’

यसले केही उल्झनमा राखे पनि जिल्ला अदालत काठमाडौंको मुद्दाबारे आएको सूचना नै आधिकारीक हो । अदालतले भनेको छ,‘मिलापत्रअनुसार नै डिभोर्स फाइनल गरिएको हो ।’

बुधबार भएका अदालतका कतिपय कामकारबाहीका विषयमा प्रस्टसँग जानकारी गराइएको छ जहाँ यो दम्पतीको डिभोर्स गरिएको भन्ने उल्लेख छ ।

ढकालले प्रतिरोध गर्नुको कारणचाहिँ सामाजिक रुपमा चर्चा र जवाफ फर्काउनुपर्ने बाध्यता हुनसक्ने अनुमान सहज छ । तर डिभोर्स किन गरेका रहेछन् त ? मुख्य कारण के होला ?

पत्नी निलमले अदालतमा दिएको निवेदनअनुसार स–साना झगडा र आर्थिक समस्यालाई उल्लेख गरेकी छन् । नेपालमा समस्या भएपछि बेलैमा विदेशमा गएर बसौं, राम्रोसँग जीवन जीउने आधार बनाऊँ भन्ने प्रस्ताव पतिले नमानेपछि झगडा सुरु भएको थियो ।

दिनै झगडा गर्नु भन्दा सहजताका साथ छुट्टिनु नै उपयुक्त विकल्प हुने भएपछि डिभोर्स गर्ने निधोमा पुगेको निवेदनमा उल्लेख छ ।

सम्पत्ती बाँडफाँट नहुने समझादारीका आधारमा भएकी एउटी छोरी आमासँग रहने र छोरीका लागि आवश्यक खर्च र सहयोग बाबु ढकालले गर्नुपर्ने आदेशसहित डिभोर्स भएको विवरणहरूमा उल्लेख छन् ।

१७ बर्षअघि यो जोडीले बिहे गरेको थियो । त्यसबेला गायक ढकाल नेपाली सांगितिक क्षेत्रमा चर्चाको शिखरमा थिए । आर्थिक मामिलामा पनि अन्य गायक भन्दा उनी निक्कै माथि रहेका थिए । सोही बेला शाहसँग प्रेम सम्बन्ध कायम भएपछि उनीहरू बिहे गर्ने निर्णयमा पुगेका थिए । प्रेम भएको दुई महिनामा नै बिहे भएको थियो ।

गायक ढकालले बिहेलगत्तै निकालेका कतिपय गीत र तिनका म्युजिक भिडियोमा पत्नी शाहलाई मोडलका रुपमा पनि प्रस्तुत गरी चर्चामा पुर्याएका थिए ।(दैनिक )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...