गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित )

Date:

Share post:

गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।

दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’ जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...