गायक शिव परियार र गायिका रचना रिमाल कुवेत आईपुगे अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत

Date:

Share post:

मे 30 कुवेत।‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय ख्यातिप्राप्त अतिथि कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमाल,आज बिहान Jazeera Airways को फ्लाईट बाट कुबेतको स्थानीय समय अनुसार 8:30 कुबेत आईपुगेका हुन्।

अतिथि कलाकारहरु लाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागतको लागि समाजको अध्यक्ष सुर्य लामा,कार्यक्रम संयोजक दामोदर बटला,आयोजक नेपाल कुवेत सरोकार समाज परिवार लगायात कुवेतमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी,पत्रकार, कलाकार,खेलाडी साथै कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् ।

समाजद्वरा आयोजित भोली शुक्रबार 31 मे २०२४ को दिन हुने कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्था,पत्रकार, कलाकार,बुद्धिजिवी,समाजसेवी, तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण :
मितिः ३१ मे २०२४ 
स्थान: स्पायर इन्डियन स्कुल जिलिब
समयः बिहान ११ बजे देखी 
आयोजक : नेपाल कुवेत सरोकार समाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...