गायक हिरा थापा मगरको मौलिक सालैजो गीत “मन परेको माया” सार्वजनिक ।

Date:

Share post:

सुमधुर स्वरका धनी गायक तथा मोडल हिरा थापा मगरको तेस्रो प्रस्तुति मौलिक सालैजो “मन परेको माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

हिम कुमार थापा मगरको लय ,शब्दमा गायक हिरा थापा मगर र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बहुचर्चित गायिका शर्मिला गुरुङको स्वर तथा सागर बिरहीको एरेन्जमा रहेको उक्त गीतमा स्वयम् गायक एवं मोडल हिरा थापा मगर र मोडेल सुमित्रा गुरुङ (बिनिता) ले अभिनय गरेको छ।

गायक हिरा थापा मगर परदेशको भुमीमा व्यस्तताको बाबजुद पनि आफ्नो काम लाई समय दिंदै गीत संगीतमा लागि परेको छ। नवलपरासी जिल्ला बौदिकाली – १ नरामछाप घर भएका बाबू डिल बहादुर थापा मगर (भारतीय सेना) आमा अतिसरा थापा मगरको छोरा हाल युएईको दुबईमा बिगत ४ बर्ष देखी कार्यरत रहेको छ।

गायक तथा मोडल हिरा थापा मगर नेपाल मगर संघ युएई दुबई क्षेत्रीय समितिका सांस्कृतिक बिभाग प्रमुख समेत हुन भने प्रवास युएईमा गायक मात्र नभइ चर्चित कुशल नृत्यकार पनि हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...