24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

गायिका आस्था राउतले गरिन् काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण

कारवाही प्रक्रिया अगाडि बढाउने तयारी
काठमाडौँ — गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो । प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles