गौतम बुद्ध विमानस्थलमा उडान गर्न आधा दर्जन कम्पनीको चासो

Date:

Share post:

जजिरा एयरले दियो उडानका लागि निवेदन
फ्लाई दुबई, सलाम, थाई स्माइल र श्रीलंकन एयर पनि सम्पर्कमा
माधव ढुंगाना
gautam-buddha-airport-jajira-airwaseभैरहवा — व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ । यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ । विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ उनले भने, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् ।’

विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सकिएपछि २६ फागुनमा विमानस्थलबारे सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो । २७ फागुनमै जजिरा एयरलाइन्स सम्पर्कमा आई हवाई उडान सञ्चालन गर्न इच्छुक देखिएको थियो । जजिराले हवाई उडान सञ्चालनका लागि निवेदनसमेत दिइसकेको छ । त्यसपछि फ्लाई दुबई एयरलाइन्स कम्पनीका ३/४ जना कर्मचारीले स्थलगत अध्ययन गरेका थिए । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयर लायन्स पनि हवाई उडान सञ्चालनका लागि सम्पर्कमा आएका छन् । कतार एयरलाइन्ससँग पनि कुराकानी भइरहेको दाहालले जनाए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ । जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।

यात्रुको हकमा यात्रु सेवा शुल्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्दा कम र विमानस्थल विकास कोष (एडीएफ) बापतको १ हजार रुपैयाँ यस विमानस्थलमा नलिएर यात्रुलाई सुविधा दिइने दाहालले बताए । ‘यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा एयरलाइन्स कम्पनीलाई र यात्रुलाई लाग्ने विभिन्न शुल्कमा छुट तथा सुविधा दिएर हवाई उडान सञ्चालन खर्च कम लाग्ने योजना बनाइएको छ,’ उनले भने ।

विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ । विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ ।

विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयको सुझाव छ । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने विश्वास छ । सुरुमा प्रतिदिन १० र सन् २०३३ सम्म ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको दाहालले बताए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...