अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमकाको लागि अतिथि कलाकार लोक गायिका सम्झना लामिछाने मगर लाई ल्याउने भएको छ।
बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर नेपाली लोक संगितमा संर्घषशिल, मेहनेती र मिलनसार कलाकारहरूको नाम लिनु पर्दा अग्र पक्तिमा अाँउछिन्। सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका मगर स्रोताहरुको सर्बाधिक रोजाइमा पर्दछ।
उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले विनम्र अनुरोध गरेका छन्
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत