विनोद पाण्डे
काठमाडौँ — १३ औं साग खेलको कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जित्दै नेपालको खाता खोलेकी छिन् । उनलाई पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेपछि रजतमा चित्त बुझाउनुपरेको हो। फाइनलमा पाकिस्तानकी साहीदाले २५.२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले२४.६२ अंक मात्रै हासिल गरिन्।
चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।
पाकिस्तानले नेपाललाई पराजित गर्दै १३ औं साग खेलमा पहिलो पदक जितेको हो ।(कान्तिपुर )