21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

चट्याङबाट संखुवासभाको सभापोखरीमा ७२ भेडा मरे

संखुवासभाको सभापोखरी गाउँपालिका-५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार राति चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी-५ का सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको बताइन् । चापागाईँका अनुसार रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles