चितवन अटो दुर्घटना : पाँच जनाको मृत्यु

Date:

Share post:

काठमाडाैं, २२ मंसिर । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुादा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४२ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने वर्ष ३२ की माया तामाङ रहेका छन् । अर्का एक महिलाको सनाखत भएको छैन ।(दैनिक )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...