24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

केहीक्षण हाँसौं…

मिस कल

एक जना कन्जुस व्यापारीको घरमा आगो लागेछ । बुढीले लौ न केही गर्नोस् न भनेर कचकच गरेपछि मन नलागी नलागी हिजो मात्र रिचार्ज गरेको प्रिपेडमिबाइलबाट उसले दमकल अड्डमा मिस कल दिएछ

नौ कि दस

एक पटक एउटा सुक्खा मरुभूमिमा एउटा मान्छेले दस वटा उँटहरुलाई पानीको पोखरीतिर लगिराखेको थियो । केही मिल हिँडेपछि उसले एउटामा चढेर बाँकी उँट गन्यो । उसले नौ वटा गन्यो र तुरुन्दै हराएको एउटा उँट खोज्न थाल्यो । कतै उँट नदेखेर उसले एउटा हराएछ भन्ने ठान्यो । खोज्न छाडेर ऊ दुखित् भयो र हरेस खाएर आफ्नो उँटतिरै आयो । ऊ अलि खुसी भयो-त्यहाँ दस वटै देख्यो उसले । खुसी हुँदै ऊ एउटामा चढ्यो र फेरि एक पटक गन्ने विचार गर्‍यो । यसो गन्दा त फेरि नौ वटा मात्रै ! ऊ फेरि ओल्र्यो, जिल्ल पर्‍यो र फेरि नरमाइलो मानेर खोज्न थाल्यो । हराएको उँट पाउन सकिएन । ऊ फेरि झुण्डतिर आयो र गन्यो । अचम्म ! उसका दस वटा उँटहरु विस्तारै हिडिरहेका थिए । उसले मरुभूमिको गर्मीलाई दोस दियो र अन्तिम उँटमाथि फेरि चढ्यो । तेस्रो पटक फेरि गन्यो । उसले अझै बुझ्न सकेन किन एउटा उँट हराएको हराएकै छ भनेर । शैतानलाई गाली गर्दै ऊ तल ओल्र्यो र फेरि गन्यो । त्यहाँ दस वटै उँटहरु थिए ।

‘ठिक छ, जाली शैतान !’ ऊ फेरि फतफतायो, ‘म हिँड्याहिँड्यै गर्छु बरु र सबै उँट आफैसँग राखिछाड्छु । चढेर एउटा हराउने पार्दिनँ ।’

तिनीहरुले घर त सारे, तर…….

एउटा मन्त्रीको घरको दाहिनेपट्टी एउटा कामी र देब्रेपट्टी एउटा सिकर्मी बस्दथे । कामी र सिकर्मी दुवै दिनरात हल्ला गरेर मन्त्रीलाई वाक्क पार्दथे । सहनै नसक्ने भएपछि मन्त्रीले दुवैलाई बोलाएर आ-आफ्ना घर अन्तै सार्नू भन्ने आदेश दिए ।

एक दिन कामीले मन्त्रीकहाँ भन्यो, ‘हजुरले भनेझैँ सरकार ! म आज घर सर्दैछु ।’

एकैछिन पछि सिकर्मी पनि मन्त्रीकहाँ गएर भन्यो, ‘सरकार ! म पनि घर सर्दैछु ।

यस्तो सुनेर मन्त्री आस्वस्त भए तर तिनीहरुलाई छिमेकीको रुपमा गुमाउँदा दुःख लाग्ने आशय प्रकट गरे । मन्त्रीले तिनीहरुलाई मीठो-मीठो चीज खुवाएर पठाए ।

तर, गजव भयो । घन ठोकेको र काठ चिरेको आवाज आएको आकै भयो । मन्त्री छक्क परे । उनले नोकरहरुलाई बोलाएर के भएको रहेछ पत्ता लगाउन आज्ञा दिए ।

नोकर फर्केर आइ के अबर दन भने-आफूले भनेझै सिकर्मी र कामीले घर सरेका त रहेछन् तर सिकर्मी कामीको घरमा सरेछ र कार्मी सिकर्मीको घर मा सरेछ । उनीहरु घर सरेर खुसीका साथ घन ठोक्ने र काठ चिर्ने काममा रात दिन व्यस्त रहन थाले ।

हनिमुनको पहिलोदिन ।
प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

जन्मदिनको उपाहार्

छोरा: आमा आज मेरो साथी को जन्मदिन छ , उस्लाई के उपाहार् दीनु?
आमा: रुमाल देउ न
छोरा : त्यो त सारै सानो उपाहार् भयो?
आमा: तेसो भये तन्ना देउ न त !

Posted By: Dambar Prasad Rimal             Source: Patrapatrika

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles