यदी नेपाल🇳🇵भन्ने मुलुक छ र नेपाली जनताजनार्दनको लागी केही सोचेको छस भने ! यो महामारी 😷 को अवस्थामा अरब मुलुकमा दैनिकी गुज़ारा गर्न नसकीरहेका दु:ख खेपि रहेका नेपालीको ब्यवस्था गर सरकार! नेपालका अनेक मानव तस्करी दलालहरु हुदै अनेक बहानामा देशको ढुकुटीलाई समेत ब्यवस्थित पार्दै हामीले सयकडा ५ मा रिन काँढी मरुभुमीमा पलायन भएर; यहाँ ज्यालादारीको नाममा अरबीका घरमा घरायसी सम्पुर्ण कामकाज देखी बाहीर निम्न स्थरका ठानीने सफ़ाई 🧻 🧹 कर्मचारी , चौकीदार , ड्राइवर देखी पैसा 💴 कमाउनकै लागी आफ्नो ज्यानै जोखीममा पर्नेगरी विभिन्न ख़तरापुर्ण काम गरेर पनी हामीले चुपचाप रेमिटेन्स तिरि नै रहेका थियौं!
थाहा छ देशको स्थिति कमज़ोर 😩 छ त्यस्तो सुन्दर शान्त स्वर्ग जस्तो देशलाई विभीन्न कालखण्डमा राजा 👑 राणा,राजतन्त्र, प्रजातन्त्र, बहुदलीय व्यवस्था हुदै यस गणतन्त्रमा समेत देशको बागडोर सम्हालेकाहरु ; देश र जनताको खुनपसीनाले सिर्जीत देशको ढुकुटी लुट्नमै ब्यस्त रहे; पुराना भ्रष्टाचारी, स्वसक, सामन्ती भन्दै बेबीकीङ राजलाई फालेर गणतन्त्रमा प्रवेश गरेको पनी वर्षौ वितीसक्दा समेत पहील्यै जसरी आसेपासे भाई भारदार बाहेक सर्वसाधारण जनताजनार्दनको लागी केही ब्यवस्थीत हुन नसकेको महसुस गरीरहेका छौं;पछिल्लो परिवर्तनको नाममा यती सानो मुलुक नेपालमा अशान्ती फैलाएर १७ हज़ार भन्दा बढी देशका हुनहार युवा-युवतीले विभीन्न आक्रान्त परिस्थितिको सामना गर्दै ज्यान गुमाउन बाध्य भए ; त्यसैको फलस्वरूप कहील्यै नझुक्ने भनिएका; अशान्ती अब्यवस्थित अविकसित देशका जनताहामी छातीमा दु:खको पोको राखी यो मरुभुमी पलायन भएका हउ !स्मरण रहोस अरबमा रहेका ९९.९ प्रतीसत जनता रहर भन्दापनी आफ्नै विभीन्न बाध्यताले गर्दा यहाँ छन! यहाँ रहेका युवा युवतीलाई फर्काउने वातावरण बनाईस भने सरकार ईनीहरु जस्तोसुकै कठीन परिश्थितीलाई झेलेर काम गर्न सक्ने क्षमतावान छन !प्राय ईनैहुन ईनैका दर-सन्तानहुन जसको माईण्डवास गरी प्रयोगमा ल्याएर तिमीहरुले देशको २४० बर्षे राजतन्त्र फाल्यौ; यहा भेला सभा सम्मेलन हुदा एकअर्कासंग परिचयात्मक कार्यक्रम हुदा जानकारी हुन्छ की ईनीहरुले चाहेभने नयाँ ढंगले देश चलाउन सक्नेछन त्यत्ती धेरै क्षमतावान युवा युवती देशकै हीतका लागी गणतन्त्रका मुखीयाहरुलाई विश्वास गरेर यहाँ रहेको महसुस गरीन्छ! नत्र यत्तीका जान्ने सुन्ने कीन निम्न स्तरको काम गर्न बाध्य छन ? हेर सरकार देश विस्तारै उकालो लाग्ला नै लाग्नु पनी पर्छ; ओरालो लाग्दा ईनै जनता हुन तलाई काम लागेको उकालो लाग्दा पनी सरकारको आसेपासेहरु ब्यवस्थीत भएपछी ईनै कामलाग्ने छन त्यसैले ज्यान छ त जहान अवस्य होला अरुबेला तँ सरकार चाहीएको थिएन ; परिस्थीती निकै भयावह छ त्यसैले ; पनी अरबमा दु:ख खेपी रहेका हरुलाई यथासक्दो चाडो आफ्नो मुलुक फर्कने ब्यवस्था गर ! अन्यथा ईनै हुन ईनका लंगौटीया साथी भाई दरसन्तान नै हुन परिवर्तन भनेर लडेका लडेर विनाकारण ज्यान गुमाएका ! यो सरकारले देशको स्थीती “अनुशासन-शान्ती-विकास-गतीशीलता”लाई निरन्तर सुमधुर संग हीडाउन चाहन्छ भने यथासक्य चाडो ! यहाँ दु:ख खेपी रहेका नेपालीहरुको ब्यवस्थीत गरोस ; ईनको उद्दार गर्न ढीलो नगरोस!
-अन्यथा भविष्यमा अत्यन्तै नराम्रो परिणाम ब्यहोर्नु पर्ने छ! चेतनाभया! (केपी वली सरकार)