24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

झापाली समाज कुवेतको छैटौं महाधिवेशनको तयारी पूरा

८ जुलाई,कुवेत- “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतको छैटौं एतिहासिक महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी समाज को संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारि दिएका छन् ।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो ११ जुलाई बाट नयाँ कार्यसमिति पाउने भएको छ ।उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ।

कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको र यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक झापाली समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण

मिति : ११ जुलाई २०२५ शुक्रबार

समय : दिनको ठिक ०१ बजे

स्थान : डिलाईट हल मंगाफ

ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles