झापाली समाज युएई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न अध्यक्षमा सुर्य ब:खवास।

Date:

Share post:

एकता, सहयोग र सहकार्यलाई मुल मन्त्रका रुपमा आत्मसाथ गर्दै प्रवासबाट भए पनि आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भने उद्देश्यका साथ स्थपित झापाली समाज युएई, क्षेत्रीय समिती आबुधाबिको तेश्रो अधिवेशन केन्द्रीय केन्द्रीय सल्लाहकार प्रमुख हेमसागर भट्टराईको प्रमुख आथित्य तथा केन्द्रिय सचिव लोकेश कोईरालाको र एनआरएन अबुधाबिका पुर्व अध्यक्ष दुर्योधन कार्कीको विषेश आथित्यमा सम्पन्न भएको छ।

अधिवेशनमा क्षेत्रीय समितिका कोषाध्यक्ष काशिनाथ ढकालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन तथा क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरेको थियो ।हेमसागर भट्टराई संयोजक तथा दुर्योधन कार्की ,लोकेश कोईराला र खेम खडका सदद्री रहेको चार सदस्यीय निर्वाचन समितिले सुर्य बहादुर खवासको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा हेमराज शिवाकोटी, द्वितीय उपाध्यक्षमा पुजा भट्टराई, सचिवमा मुक्ती बानियाँ, सह-सचिवमा दुर्गा सिटौला, कोषाध्यक्षमा बलराम अर्याल र सह-कोषाध्यक्षमा खगनाथ नेपाल रहनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमशः घनस्याम थापा, सुन्दर पाठक, बिन्दु आचार्य, कृष्ण ढकाल, नरेन्द्र निराैला र सीता उप्रेति रहनु भएको छ ।

झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष हिमाल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती प्रमुख हेमसागर भट्टराईले नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपिनियताको सपथ ग्रहण गराएको थियो भने कार्यक्रम सचिव शेषराज न्यौपानेले संचालन गरेका थिए।

यसै गरि आजै सम्पन्न दुबई क्षेत्रीय समितिको अधिवेशनले बद्री ओलिको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षहरुमा क्रमशः इबनारायण तिवारी, बिष्णु दंगाल र कमला मैनाली पाण्डे चयन भएको भने सचिवमा एक राज बस्नेत ,सह-सचिव गौरब ओली, कोषाध्यक्षमा बिष्णु प्याकुरेल, सह-कोषाध्यक्षमा खेमराज भट्टराई रहेको छ। यसैगरी सदस्यहरुमा क्रमशः कुसुम सग्रौला, कमला ढकाल, सिता ओली र हिमा सिवाकोटी चयन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...