26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

टि-२० क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै उच्च स्कोर

- Advertisement -

भुटान सामू २३७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए। कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

टि-२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।

- Advertisement -

यस्तै पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए।

नेपालले टी-२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालले

भुटानका कर्मा दोर्जीले २ विकेट लिए।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles